Wednesday, May 01, 2024

-->

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध

पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध
फाइल तस्वीर

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ।

कोषले बुधबार एक सूचना जारी गर्दै पशुपतिनाथको दर्शन तथा भ्रमण गर्दा प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गरेको हो।

पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ।

अभियानलाई सफल पार्न प्लास्टिक निषेध गरिएको कोषले जनाएको छ। अभियान अनुसार प्रत्येक शनिबार बिहान आठदेखि १० बजेसम्म मन्दिर क्षेत्र सरसफाइ हुने गरेको छ।


सम्बन्धित सामग्री