Sunday, April 28, 2024

-->

पहाडी भूभागमा वर्षाको सम्भावना

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो  देशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने अनुमान छ।

उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

चट्याङसहित वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ। 


सम्बन्धित सामग्री