Sunday, April 28, 2024

-->

काेशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काेशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– देशमा केही दिनदेखि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जसले गर्दा पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यी प्रदेशमा बेलुकीपख मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको मौसममा राति पनि सुधार आउने सम्भावना छैन।

राति यहाँको मौसम आंशिक बदली रही केही स्थानमा हिमपातको हुने महाशाखाको अनुमान छ।


सम्बन्धित सामग्री