Saturday, April 27, 2024

-->

बार्सिलोनासँग रियल मड्रिड पराजित

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा एडर मिलिसाओको आत्मघातीमा बार्सिलोना विजयी भएको हो।

बार्सिलोनासँग रियल मड्रिड पराजित 

काठमाडौँ– स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा एडर मिलिसाओको आत्मघाती गोल निर्णायक बन्यो। उनले खेलको २६औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए।

बार्सिलोनाका फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भएका थियो। घरेलु टोली रियलले त्यसपछि बार्सिलोनामाथि दबाब बढाए पनि गोल गर्न सकेन।

जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग ५ अप्रिलमा क्याम्प नोउमा हुनेछ। 


सम्बन्धित सामग्री