Sunday, May 05, 2024

-->

दक्षिणी पाकिस्तानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते

पाकिस्तानको कश्मोर जिल्लाको कान्धकोट क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दक्षिणी पाकिस्तानमा सवारी दुर्घटना ६ जनाको मृत्यु ६ घाइते
फाइल तस्वीर।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबारराति भएको भएको सवारी दुर्घटना हुँदा बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।

कश्मोर जिल्लाको कान्धकोट क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको सो क्षेत्रका उपायुक्त मनव्वर अली मिठानीले बताएका छन्। मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको उनको भनाइ छ।

एक जना प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनापछि चालक फरार रहेको सिन्ह्वाले जनाएको छ। 


सम्बन्धित सामग्री