Saturday, April 27, 2024

-->

ड्रेक विश्वविद्यालयमा ‘ब्युटीफुल बुलडग कन्टेस्ट’, प्याचले जित्यो उपाधि

प्याच नामक कुकुरले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’मा उपाधि जितेको छ।

ड्रेक विश्वविद्यालयमा ‘ब्युटीफुल बुलडग कन्टेस्ट’ प्याचले जित्यो उपाधि
तस्वीर: एपी

अमेरिकाका ६ वटा राज्यका बुलडगहरू सहभागी एक प्रतिस्पर्धामा प्याच नामक कुकुरले ब्युटीफुल बुलडगको उपाधि जितेको छ।

दुई वर्षे प्याचले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’ मा उपाधि जितेको हो। प्याच सडक उद्धार गरिएको कुकुर भएको बताएको छ।

बुलडगको प्रतिस्पर्धामा उद्धार गरिएका अन्य ९ वटा बुलडग पनि सहभागी भएका थिए। कुकुरका मालिक जेनिफर हिल्टन र जोल कोर्नडरले प्याचले उपाधि जित्दा आफूहरू निकै खुशी भएको बताएका छन्।

होचो कद, मोटो शरीर, ठूलो मुख र गालामा झुन्डिएको बाक्लो छाला भएको कुकुरको प्रजातिमा पर्छ बुलडग। इंग्लिस बुलडग भनेर चिनिने यो प्रजातिको कुकुरको विषेशता भनेको खासै आकर्षक नहुनु हो। यद्यपि, बुलडग धेरैको रोजाइमा पर्छ।
 


सम्बन्धित सामग्री