AnonymousUser

Logout

जोगिन्दरको गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

जोगिन्दरले २०६१ सालदेखि निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याइरहेका छन्। मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचारलाई व्यंग्य गरिएको छ।

जापानका तीन शहरमा गुन्जिँदै नेपथ्य

सन् २०१५ को जापान यात्रालाई नेपथ्यले भूकम्प पीडितका लागि राहत संकलन गर्ने मञ्चका रूपमा प्रयोग गरेको थियो। त्यसबाट भएको आम्दानी प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।

संगीत मोह: जो वाद्यवादनमा भविष्य खोज्दैछन्

रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।

रोयल्टी वितरण पारदर्शी बनाउन रेडियो सञ्चालकहरूको माग, गैरसरकारी संस्थालाई नबुझाउने घोषणा

एफएम रेडियो सञ्चालकसम्बद्ध तीन संस्थाले गीत संगीतका स्रष्टाहरूलाई दिइने रोयल्टीमा एक गैरसरकारी संस्थाले मनोमानी गरिरहेको आरोप लगाउँदै वैज्ञानिक र पारदर्शी वितरण गर्न माग गरेका छन्।

नयाँ पुस्तामाझ मेटिनै नसक्ने छवि छाडेर एक्कासि गए रकस्टार रविन

अप्रत्याशित रूपमा आएको उनको मृत्युको खबरले परिवारजन, साथी–सहकर्मी, शुभचिन्तक र उनका 'फ्यान'हरू स्तब्ध छन्। अहिले विभिन्न सामाजिक सञ्जालका भित्ताहरू उनका लागि लेखिएका श्रद्धाञ्जली सन्देशले भरिएका छन्।

गायक राज सिग्देलको नयाँ गीतको भिडियो सार्वजनिक

भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। गीतको रचना महेश श्रेष्ठले गरेका हुन्।

हरिदेवी कोइरालाको दैनिकी: हजार गीतको आर्काइभ तयार पार्दै, आत्मकथा लेख्दै

लमजुङबाट हरिदेवी श्रीमानलाई साथ लिएर काठमाडौँस्थित रेडियो नेपाल पुगिन्। २०४०/४१ सालतिर ‘पाइनँ खबर’ गीत रेकर्ड भएर बजारमा आयो। एकदमै ‘हिट’ भयो। उनले पहिलो गीतबाटै प्रसिद्धि कमाइन्।

आफ्ना पुराना गीत अर्काइभ गर्दै लोक गायिका हरिदेबी कोइराला

गीत,संगीतमा विकृति भित्रिएर मौलिकता हराए झैँ देखिन्छ। असारमा असारे गीत बज्दैन। साउनमा कोदो रोप्ने गीत बज्दैनन्। चाडपर्वका गीत फिल्मी हुँदैछन्। ठेट र झर्रा भाषा लोकगीतमा आउनसकेन।

खड्ग गर्बुजाले ल्याए ठाडो भाकामा ‘लाहुरे’

खड्ग गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्।

सांगीतिक यात्रामा ‘मंगोलियन हार्ट’

‘मंगोलियन हार्ट’ले स्थापनाको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा सोमबारदेखि सांगीतिक यात्रा शुरू गर्दै छ। केही वर्ष अलमल भए पनि अब आफूहरू लयमा फर्किएको गायक राजु लामाले बताएका छन्।

सांगीतिक मेला ‘इकोज इन द भ्याली’ चैत ३ र ४ गते काठमाडौँमा

चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।

'टिकुली ट्याक' नयाँ स्वरूपमा

संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।

‘तिमी मेरो’ लिएर आए सुचिन्दा र अमन 

तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ। 

ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।

रामकृष्ण ढकालको 'आमाको ममता' सार्वजनिक

नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ। 

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्यान्ड कन्सर्ट’ हुने

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।

तस्वीरमा नेपथ्यको कन्सर्ट

काठमाडौँमा नेपथ्यले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको छ।

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत–सङ्गीत सशक्त

गीत–सङ्गीत राम्राे भएका फिल्मले कमाइ पनि राम्राे गरिरहेका छन्। तर, पछिल्लाे समय निर्माताले गीतमा लगानी कम गर्न थालेकाे सङ्गीतकारहरू बताउँछन्।

सांगीतिक महौलबीच पोखरामा लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू

सांगीतिक महौलका बीच पोखरामा नेपाल लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू भएको छ।

नेपाल लिटरेचर फेस्टिभलमा २०० विशिष्ट व्यक्तित्वको उपस्थिति रहने

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।