लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।
वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।
चिकित्सा पेसासँगै संगीतमा रुचि राखिरहने डा. भण्डारीले आफ्नै शब्द र स्वर समेटिएको ‘कसरी भनूँ म’ बोलको गीत भिडियोमार्फत् सार्वजनिक गरेका हुन्।
टेलर स्विफ्ट, माइली साइरस, सेजा, बिली इलिसलगायत यस वर्षको ग्रामी अवार्डअन्तर्गत विभिन्न विधाका विजेता बनेका छन्।
‘मेरो नयाँ गीतमा घरको याद, आफन्त र आफ्ना प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।’
लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।
गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।
सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ।
सानै उमेरदेखि गीत, कविता लेख्न रुचाउने टेलर १० वर्षको उमेरमै राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएकी थिइन्।
टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।
क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ।
नेपथ्यको अन्तिम प्रस्तुति असोज २१ गते व्यापारिक शहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।
काठमाडौँ– गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीतिसाहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उप…
नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जन लागेकाे हाे। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।
कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री गरिन्थ्यो। अहिले ती क्यासेट र क्यासेट प्लेयर दुर्लभ छन्। यसरी रेकर्ड गरिएका गीतसंगीत हराउन नदिन नेपाल म्युजिक आर्काइभले डिजिटल संग्रहालय तयार गरिरहेको छ।
प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।
विभिन्न देशमा रहेका नेपालीबीचको आपसी सद्भाव र नेपाली भाषा तथा संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
खोटाङका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभा प्रतियोगिताको फाइनलमा पुगेका थिए।
काठमाडौँको महत्त्वपूर्णस्थल ठमेलस्थित प्रसिद्ध काठमाडौँ गेस्ट हाउसभित्र 'बिटल्स करिडोर' नामको भित्री बाटो थियो। गेस्ट हाउसको पुरानो खण्डमा रहेको त्यो करिडोर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो।