AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङ: मनकारी र सहकारीले डोर्‍याएको साता

यो हप्ता नागरिक अगुवाको विरोधबीच भारतीय दूतावासमार्फत २० करोड खर्चिने गरी भएको सम्झौता, संसद्को प्रश्नोत्तरमा देखिन नचाहने प्रधानमन्त्री, सहकारी चर्चालगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।

उकालोमा २०२३ का चर्चित खबर

इजरायल–हमास, रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीका कथा, ‘टर्निङ पोइन्ट’ बनेको टेपकाण्ड, ८ वर्षदेखि संविधानसँग चित्त दुखाइरहेको मधेशसहित उकालोमा सन् २०२३ मा सर्वाधिक पढिएका देश र विदेशका खबरहरू...।

उकालो साप्ताहिक ब्रिफिङ : अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडाको साथ, गरिखान दिन ई:को माग

यो हप्ता रुसी सेनाको रक्षा कवच बन्दै नेपाली, मिटरब्याजसम्बन्धी कानून र जाँचबुझ आयोगले सुल्झाउन नसकेको जटिलता नियाल्ने एउटा ‘केस’, भुत्ते बन्दै ‘मिनी संसद्’लगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: रूकुममा तीन वर्षपछि फिरेको न्याय र मिडिया–संकट सन्दर्भ

यो हप्ताको न्युजलेटरमा रूकुम अदालतको ऐतिहासिक फैसला, रेस्ट अफ वर्ल्डका प्रधानसम्पादक अनुप काफ्लेसँग मिडिया–संवाद र ज्यान जोखिममा राखी विदेशी सेनामा भर्ती हुने युवाका कथा प्रमुखतासाथ चर्चा गरिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: दुर्घटनाले खोस्दै युवाको जीवन, प्रधानमन्त्रीको भ्रमण मोह र शरणार्थी प्रकरणमा खाँडबारे फरक राय

रास्वपामा विधान मिचेर पद बाँडफाँट, किन दोहोरिइरहन्छ फिल्म निर्माता–हलवालाको विवाद?, अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारोसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ: प्रेमकलाको डाक्टर बन्ने अठोट, ‘सीडीओ शासन’को झल्को र प्रसाईंको ऋण मिनाहा ‘कार्ड’

माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना, निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को, दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा ‘कार्ड’सहित यो साता यी खबले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ:

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भ्रातृ संगठन युवा संघबीच चलेको 'जुँगाको लडाईं'ले हिजो र आज राजधानीका केही भेग अस्तव्यस्त रहे। 'आन्दोलनकर्ता'ले काठमान्डौ पुरै ठप्प पारीदिने लगायत व्यवस्थै परिवर्तन हुनेसम्मका उँचा वाचा गरेपनी छिट्पुट घटना बाहेक काठमान्डौ चलिर…

उकालो साप्ताहिक ब्रिफिङ: न्यून पूर्वतयारीबीच भूकम्पले थलिएको जाजरकोट, नेताहरूको ‘प्रकोप–पर्यटन’ मोह

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेताहरूको संकटग्रस्त क्षेत्रमा 'झुल्किने' असीम चाहले लथालिङ बनेको स्थितिका बाबजुद सुरक्षाकर्मी, स्थानीय, स्वास्थ्यकर्मी, स्वयंसेवकले देखाएको तदारुकता सह्रानीय थियो।

उकालो साप्ताहिक ब्रिफिङ : रिगलको कैद मिनाहा बदर, सडक ताक्दै माओवादी र टी२० विश्वकप यात्रामा नेपाल

सर्वोच्चद्वारा गुन्डानाइके रिगल ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर, माओवादीको सडकमा ‘जनपरिचालन’ अभियान, सम्भावित साम्प्रदायिक तनावको सन्त्राससहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ: ‘पहुँचवाला’सामु निरीह राज्य–संयन्त्र, मौन बालेन र सुपारीबाट कमाउने दाउ

जेल सजाय पाएका पहुँचवालाहरू बिरामीको बहानामा अस्पतालका सुविधासम्पन्न शय्यामा, सुपारी आयात खोलेर ९ अर्ब कमाउने दाउ, नेपालमा टेस्लाका गाडीको गैरकानूनी आयातसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ: इजरायलमा नेपाली त्रास, चिनीको तितो चर्चा र व्यापारीका निम्ति बर्बाद निगम

हमासको आक्रमणमा इजरायलमा १० नेपालीको मृत्यु, २५४ जनाको उद्धार, त्रिवेणी ग्रुपको ‘हित’मा चिया विकास निगम निजीकरण, १ महिनालाई पुग्ने चिनी व्यापारीका गोदाममा सहित यो साता यी खबरले बनाए हेडलाइन।

उकालो साप्ताहिक ब्रिफिङ: ढलमल अर्थतन्त्र, जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!

उकालो साप्ताहिक ब्रिफिङ: बालेन–ई:बीच सहमति, आन्दोलनमा चिकित्सक

काठमाडौँ महानगरका मेयर बालेनसँग जवाफ माग्दै राष्ट्रिय सभागृहअगाडि उभिएर विरोध जनाएका अभियन्ता ईःसँग भएको सम्झौता, सुरक्षाको माग गर्दै चिकित्सकहरूको आन्दोलनसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

उकालो साप्ताहिक ब्रिफिङ: चर्चामा शिक्षक आन्दोलन, भारत–क्यानडा ‘डिप्लोमेसी वार’

यो साता नेपालमा पठनपाठन नै बन्द हुनेगरी सार्वजनिक विद्यालयका शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलनको चर्चा चलिरहँदा भारत–क्यानडाबीचको 'डिप्लोमेसी वार'ले धेरैको ध्यान खिच्यो।

उकालो साप्ताहिक ब्रिफिङ: ‘मेगा प्रोजेक्ट’तन्त्र, अदालतको कागज मोह

यो हप्ता अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादीको जन्ममितिसम्बन्धी अभिलेख झिकाउन दिएको आदेश, कृषि समिति सभापति आरजु देउवा राणाको बाँदरको संख्या घटाउने उपायसहित यी खबरले बनाए हेडलाइन।

उकालो साप्ताहिक ब्रिफिङ: कालो धनले डोर्‍याएको अर्थतन्त्र, चुच्चे चर्चा

अदालतमा अभियोग दर्तासँगै ललितानिवास जग्गा प्रकरण मत्थर भएको छ भने अहिले चीनले हालै जारी गरेको नक्सामा नेपालको ‘चुच्चे नक्सा’ले समेटेको भूभाग नपरेको विषय चर्चामा छ।

उकालो साप्ताहिक ब्रिफिङ: संसद् खुल्यो, स्वार्थ खुलेन

आज भदौ ८ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सदनको अवरोध चर्चामा आयो। साथै कोशी प्रदेशको विश्वासको मत, ललितानिवास जग्गा प्रकरणमा सीआईबीको अनुसन्धानले चर्चा पाउँदा अन्य केही जनचासोका विषय भने ओझेलमा परे।

उकालो साप्ताहिक ब्रिफिङ: गोलभेँडा, बतास र ‘बाबा’को चर्चा

गोलभेँडाको भाउ बढेसँगै अगाडि बढेको यो सप्ताहले पछिल्लो सुन–प्रकरणमा जफत भएको सुनको तौल अनुमानितभन्दा घटेको खबर आएसँगै रफ्तार लिएको थियो।

उकालो साप्ताहिक ब्रिफिङ: सत्ता–प्रतिपक्षको खिचातानीमा पिल्सिएको संसद्

अघिल्लो हप्ता मिडिया ‘सुनकाण्ड’का विविध कोणबाट भएका चर्चाले रंगिएका थिए। त्यही सन्दर्भसँग जोडिएर संसद् अवरुद्ध भएका खबरहरू प्रमुखतासाथ छापिएका छन्। हेरौँ योलगायत यस हप्ताका प्रमुख खबर: 

न्यूजलेटर: सेलाउन नसकेको सुन चर्चा

आज साउन १९ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सुनकै चर्चा भयो। राजस्व अनुसन्धान विभागको अनुसन्धान, राजनीतिक कनेक्सन र बरामद सुनको व्यवस्थापनको चर्चा हुँदा अन्य केही विषय भने छायामा परे।