AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङ: सडक सुरक्षा शिक्षाका आयाम, भिड्दै जनकपुर–सुदूरपश्चिम

यो साता उकालोमा गाडीचालकका अनेक लापरबाही, मिटरब्याजको समस्या ज्युँका त्युँ, कर्णाली प्रदेश राजधानीस्थित सिटी बसपार्कको बेथिति, एलोन मस्कको स्टारलिंक किन आउन चाहन्छ नेपाल? सहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: बीआरआईमा हस्ताक्षर, उपनिर्वाचनमा ‘पुरानै’को वर्चस्व

उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल, बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै! सहितका खबर यो साता उकालोमा चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: सडक सुरक्षामा नागरिक जिम्मेवारी, दण्डहीनताले निम्त्याएको निराशा

यो साता उकालोमा अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?, अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक सहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: खाँणका लागि सत्ता नै ‘दाहिना’, गाडी दुर्घटनाको त्रासदी

यो साता उकालोमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको मुद्दा पुनरावेदनमा नजाने महान्यायाधिवक्ताको निर्णय, टहराबाट टाढा सरकार, वनमन्त्रीलाई सात वटा सरकारी गाडीलगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: ट्रम्पको ‘पुनरागमन’, बेहाल विमानस्थल

विश्वमा अमेरिकी चुनावमा ह्यारिस हार्नुका कारण, ट्रम्पले अब लिनुपर्ने कदमलगायत टीकाटिप्पणी जारी रहँदा नेपालमा प्राधिकरणले उडान कटौती गर्दाको प्रभावदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्मका खबर चर्चामा छन्।

उकालो विशेष बुलेटिन: वर्षा, बाढी र वितण्डा

बिहीबारदेखि शुरू भएर शुक्रबार अति भारी वर्षा हुने पूर्वसूचना साताअघि नै जारी भएको अवस्थामा ठूलो धनजनको क्षति हुन पुगेकाले सम्बन्धित निकायको पूर्वतयारी सधैँझैँ प्रश्नचिह्नले घेरिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: तारागाउँ जग्गा प्रकरण, रविको ‘क्लिन–चिट’ किस्सा

यो साता उकालोमा रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?, उपराष्ट्रपति कार्यालयका फुर्सदिला कर्मचारी, मानव अधिकार आयोगले लुकाइरहेको प्रतिवेदन, किन रोकियो टेरामक्स प्रकरण? लगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: नसुध्रिने वायुसेवा निगम, ओली–बालेन समर्थक खिचातानी

यो साता उकालोमा एउटा चिठी पुर्‍याउन २४ सय खर्च, मेडिसिटीमा अनुमति ३०० बेडको, सञ्चालन ७५०, अब कसरी टुंगिन्छन् द्वन्द्वकालीन मुद्दा? लेखाजोखामा सार्वजनिक लेखा समितिलगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: दशैँमा पुरानै नोट, संसद‍्मा हाटा सांसद

सरकारी कार्यालयका अधिकारी, शैक्षिक संस्थाका शिक्षक–विद्यार्थीझैँ प्रतिनिधिसभा बैठकमा पनि एउटा अनौठो आचरण देख्न सकिन्छ– हाटा। सांसद फुत्तफुत्त बाहिर निस्किँदा सभाहलमा रित्ता कुर्सी मात्र बाँकी रहन्छन्।

उकालो साप्ताहिक ब्रिफिङ: त्रिविमा सुरक्षा विवाद, प्रहरीमा अवकाश प्रावधान

यो साता उकालोमा त्रिविमा सुरक्षा विवाद, सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण बल्खुखोलामा, पप्पु संलग्न कमला पुल निर्माणमै ‘कैफियत’, कमजोर कम्पनीको शेयर अस्वाभाविक वृद्धिसहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: प्राकृतिक विपद्, दुबईको जेलमा २१ वर्षदेखि नेपाली, अलमल समावेशिता

उकालोमा यो साता त्रिविमा दलीय स्वार्थ, सार्वजनिक जग्गा फर्काउन जुरमुराउँदै स्थानीय, हिमताल विस्फोटपछिको खुम्बुको पर्यटन, दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमरसहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: नेपाल भाषा गुगल ट्रान्सलेटमा, संसद्‍मा तालीको इतिहास

यो साता उकालोमा अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब, महिलालाई घरेलु काममा जान प्रतिबन्धको उल्झन, संसद‍्मा तालीको महत्त्व, नेपाल भाषाको गुगल ट्रान्सलेटमा एन्ट्री लगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ : सीजीको जग्गा मोह, शैक्षिक सुधार कार्यक्रममा अनियमितता

बाँसबारी, सतुंगल, समिट, लाजिम्पाट लगायतका किस्साको फेहरिस्तमा अहिले जोडिन आइपुगेको छ थापाथलीको ६ रोपनी जग्गाको कथा। यो कथा हो चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी रहेको लडाइँको।

उकालो साप्ताहिक ब्रिफिङ: फेरिँदै सरकार, समस्या ज्युँकात्युँ

हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद‍्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: जीबी राईको खोजी, गृह प्रशासनको अलमल

उकालोमा यो साता जीबीबारे किन बोलिरहेछन् गृहमन्त्री?, कारागारभित्रै लागुऔषध कारोबार: जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै, अर्ब खर्चेर किनिएका मौसमी राडार चल्दैनन् सहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: एनटीसीको एमडीमा ‘आफ्ना’लाई तान्न मापदण्ड हेरफेर, पाथीभरामा केबलकारले निम्त्यायो भिडन्त

यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ : बालमन्दिरको जग्गा फर्काउन सरकारकै असहयोग, प्रहरीको मनोबल उकास्दै प्रविधि

यो साता फुटपाथ व्यवसायीलाई ‘अपराधी’को व्यवहार, पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो, ‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलसहितका कथाले चासो बटुले।

उकालो साप्ताहिक ब्रिफिङ : मरुभूमिको बाटोमा मधेश, पोखरी ब्युँताउँदै स्थानीय सरकार

यो साताको उकालो न्युजलेटरमा मरुभूमि बन्ने बाटोमा मधेश, व्यापारिक घरानाको जग्गा प्लटिङमा नगरपालिकालाई अख्तियारको पत्र, बाँसबारीको जग्गा प्रकरणका फलोअप सहितका खबर समावेश छन्।

उकालो साप्ताहिक ब्रिफिङ: ललितानिवासको जग्गामा नेतालाई सफाइ, बाँसबारीमा बैंकको ताकेता

यो साता ललितानिवासको जग्गामा राजनीतिक नेतृत्वलाई सफाइ कर्मचारी दोषी ठहर, समिट अपार्टमेन्ट अनुमतिबिनै धमाधम निर्माण, निकुञ्ज क्षेत्र नै व्यापारीलाई दिन प्रधानमन्त्रीको जोडबल सहितका खबरले ‘हेडलाइन’ बनाए

उकालो साप्ताहिक ब्रिफिङ : मिडियाको संकट, बाँसबारीको अन्योल

यो साता उकालोमा महासंकटमा मिडिया, बाँसबारी जग्गाबारे १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार, मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता, विद्यालय शिक्षा विधेयकमा सांसदका १७५२ संशोधन सहितका खबर चर्चामा रहे