AnonymousUser

Logout

पहिरोले गुल्मी र पाल्पाका सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्

पोखरामा सडक बनाउने खिलबहादुरलाई एक अपरिचितले राम्रो काम लगाइदिने आश्ववाशन दिएर भारत पुर्‍याए। तर त्यहाँ बेहोस बनाएर मिर्गौला झिकेको उनले नेपाल आइपुग्दासम्म थाहै पाएनन्।

नेपाल सहभागी टप एन्ड टी२० श्रृंखला खेल्ने बांग्लादेश ‘ए’ टोलीको घोषणा

अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।

पहिरोले दाङ–सल्यान सडक अवरुद्ध

दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।

गाईघाटमा ट्रक दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको  मृत्यु भएको छ।

कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन तयार, संसद्‌मा पेश हुँदै

छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।

लुम्बिनी र सुदूरपश्चिम भारी वर्षाको सम्भावना

दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

२४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा

आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

अमेरिकी प्रतिबन्धको विरोधमा ब्राजिलमा प्रदर्शन

प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

मैनावती खोलाको पुल भासिँदा आवतजावत ठप्प

स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।

उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश

उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

हलेसी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

८० वर्षपछि पनि हिरोशिमा आणविक बम विस्फोटको पीडा झेलिरहेका कोरियालीहरू

८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।

भाषा आयोग सदस्यमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने

मन्त्रिपरिषद्ले भाषा आयोग सदस्यमा त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर स्याङ्जाको भगवती माविका शिक्षक कृष्णप्रसाद न्यौपानेले नियुक्तिपत्र बुझे।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।

माओवादी स्थायी समिति बैठकले पारित गर्‍यो २६बुँदे प्रस्ताव

माओवादी केन्द्रको स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयमा २६बुँदे प्रस्ताव पारित गरेको छ।

वर्षाका कारण मुगुमा ९ घर भत्किए, पीडितको बिचल्ली

वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।