AnonymousUser

Logout

वर्षाले गुल्मीका प्रमुख सडकहरू अवरुद्ध

वर्षाका कारण गुल्मीका प्रमुख सडकहरू कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार खण्ड अवरुद्ध भएका छन्।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आइतबार नेप्से परिसूचक ६३.७३ अंक अर्थात् २.१८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा कायम भएको छ।

सुख्खाग्रस्त मधेशमा वर्षाले किसानलाई राहत

गएरातिको वर्षाले मधेशका किसानलाई केही राहत दिए पनि पर्याप्त पानी नपर्दा अझै आधाभन्दा बढी धान रोपाइँ हुन सकेको छैन।

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक थपियो म्याद

सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थप गरी २०८३ साउन ७ गतेसम्म पुर्‍याएको छ।

म्यानमारको रुबीखानी क्षेत्रमा हवाई आक्रमण, १३ जनाको मृत्यु

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ।

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा लगातार भएको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेको छ। नदीको सतह बढेसँगै तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ।

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गका रूपमा पनि प्रयोग हुँदै आएको छ।

गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

भोजपुरको पाँचधारे बजार पहिरोको जोखिममा

विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

महोत्तरीमा सामूहिक प्रयासले १५ दिनमा ६० बिघा रोपाइँ

चारैतिर पानीको हाहाकार परेका बेला टोलबासीलाई एकत्रित गरी बोरिङ जडान गरेर सबैको सहभागिता जुटाउँदै साउन १५ भित्रै रोपाइँ सकिएको अवकाश प्राप्त सहसचिव काशीराज दाहालको भनाइ छ।

बालुवा संकलन गर्न गर्न गएका बालकको करेन्ट लागेर मृत्यु

डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका बालकले नजिकै रहेको विद्युत् पोलमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल ७ हजार प्रतिशतले बढ्यो

विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

ट्रम्पको कर नीति र घट्दो रोजगारी दरले विश्व बजारमा नकारात्मक असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।

संखुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते, १ को अवस्था गम्भीर

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दुहबीमा दुइटा मोटरसाइकल आपसमा ‍ठोक्किँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

पुवा खोलामा बेलिब्रिज निर्माण, बिर्तामोडसम्मको दूरी ३६ किलोमिटर छोटियो

मेची करिडोरअन्तर्गत पुवा खोलामा बेलिब्रिज बनेपछि इलामबाट बिर्तामोडसम्मको यात्रा ३६ किलोमिटर छोटिएको छ।

अमेरिका–रुस तनाव: तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्ने विज्ञहरूले बताएका छन्।

म्याग्दीमा उत्पादित अकबरे खुर्सानीले पाएन बजार

बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वीपहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ।

मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड अवरुद्ध

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ।