क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।
महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।
आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० कायम भएको छ।
अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।
करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेसँगै यो घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।
होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।
होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।
मेचीनगरमा ३४८ प्रजातिका चरा भेटिएका छन्, ती सबै चराको तस्वीर देवेन खरेलसँग संग्रहित छन्। यहाँ विश्वमै दुर्लभदेखि नेपालमा अन्यत्र नपाइने चरा पनि देख्न सकिन्छ।
प्रधानमन्त्री कपअन्तर्गत बिहीबारको खेलमा कमलसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको छ।
पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्।
प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ।