सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन्।
महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा निसेलढोरमा ढुवानी र यात्रा गर्न समस्या भएको छ।
लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले गरेको सम्झौता अस्वीकार्य रहेको भन्दै मुलुकका सबै राजनीतिक दलका नेताहरूले यसको समाधान परिपक्व कूटनीतिक पहल र सर्वपक्षीय सहमतिबाट खोज्नुपर्ने बताएका छन्।
निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ ।
पहिरोका कारण अवरुद्ध भएको नेपाल र चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।
रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।
एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
संसद्को मुख्य काम विधि निर्माण भएकाले सांसदहरू सभा र समितिका बैठकमा नियमित उपस्थित हुनुपर्छ। तर सांसदहरू बैठकमा नबस्दा गणपूरक संख्या नपुगेर सभा र समितिका बैठक बारम्बार स्थगित हुन्छन्।
समितिको बिहीबारको बैठकबाट विधेयक पारित भए पनि प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले भने फरक मत राखेका छन्।
नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको भनिएको सम्झौताप्रति सांसदहरूले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्।
कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए भने माओवादी केन्द्र, रास्वपाका सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए।
बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा कायम भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा खसेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन। यसले दशैँ र तिहारका लागि ल्याइने सामान आयातमा समस्या भएको छ।
दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको जिप बिहीबार बिहान दुर्घटना भएको छ।
६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।
२०७२ जेठ अन्तिममा हुन लागेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको ‘लिपुलेक सम्झौता’कै कारण रोकिएको थियो। के होला प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।