डब्लूएचओका प्रमुख गेब्रिएससले कोरोना महामारी अन्त्यको घोषणा गरिए पनि खतरा नटरेको बताएका छन्। अवस्था बिग्रिए जुनसुकै समयमा पुनः आपत्काल घोषणा गरिने उनी बताउँछन्।
इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु भएको छ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
एक वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेका दुई उजुरीमाथि प्रहरी अनुसन्धान अघि बढ्दा पटाक्षेप भएको नक्कली शरणार्थी प्रकरणमा थप ‘हाइप्रोफाइल’हरू तानिन सक्ने देखिन्छ।
सर्बियामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आतंकवादीको खोजीमा भारतीय सेनाले पछिल्लो ७२ घण्टामा ४ वटा ‘इन्काउन्टर’ अप्रेसन चलाएको बताइएको छ।
संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ।
मिटरब्याज पीडितले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।
आवेदन दिएका तीनमध्ये एक कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन अनुमति पाउनेछ। अहिले नेप्सेमा सूचीकृत शेयर कारोबार कम्पनी तथा ब्रोकरहरूले हालको नेप्से र नयाँ एक्सचेन्ज दुबैमा कारोबार गर्न सक्नेछन्।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।
रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।
बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।
शिक्षक युनियनका प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्