AnonymousUser

Logout

उद्योगीको अस्वाभाविक मागले भारतबाट आएन पर्याप्त गहुँ, मैदाको मूल्य अचाक्ली

आवश्यक परिमाणमा कोटा तोकेर निर्यात गर्न भारतले प्रस्ताव गरे पनि नेपालका उद्योगीहरूले अस्वाभाविक माग गर्दा पर्याप्त गहुँ आयात हुन सकेको छैन। यता, कच्चा पदार्थ अभावले उद्योगहरू बन्द हुन थालेका छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख खर्च

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको बताएका छन्।

सेयर बजार २२ अंकले घट्यो

बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार ५०० पुग्यो

नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।

भारतको नयाँ बजेट सार्वजनिक, वार्षिक ७ लाख कमाइ गर्नेलाई कर छुट

समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।

सेयर कारोबार रकम घट्यो

बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन बुधबार प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

खुदोबाटै आर्थिक समृद्धितर्फ मालेपाटन र ढोडबेँसी गाउँ

कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेका बेला मालेपाटन र ढोडबेँसीका स्थानीय यसको व्यावसायिक खेतीमा जुटेका छन्। 

सबै मन्त्रालयको खर्च २० प्रतिशतले कटौती गर्ने अर्थको निर्णय

चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

एक वर्षभित्र पेट्रोल पनि पाइपलाइनबाटै आउने

पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।

राष्ट्र बैंकले घटायो अन्तरबैंक एटीएम शुल्क

वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।

विश्वभर मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

धनकुटामा बाँसबाट बनेका सामग्रीको माग उच्च, जापानसम्म निर्यात

स्थानीय युवाहरू वैदेशिक रोजगारीमा जाने लहर नरोकिएका कारण बाँस उद्योगमा कामदार अभाव भएको र मागअनुसार उत्पादन हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले जनाएको छ।

गौतमबुद्ध विमानस्थल: सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

जजीराले पुस ३ र हिमालय एयरलाइन्सले मंसिर २९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट अहिलेको भन्दा सानो आकारको बनाउने तयारी

राजश्वको दायरा फराकिलो पार्ने, राष्ट्रिय सम्पत्ति र स्रोतको सिर्जना गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।

यूटीएललाई बक्यौता भुक्तानी गर्न माघ मसान्तसम्मको समय

प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो।

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो।

नेप्से दोहोरो अंकले घट्यो

नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।

अर्थ मन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।