तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।
रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।
शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका दीपक पाख्रिनले ४ बिघामा खेती विस्तार गरेका छन्। बजारमा फूलको माग अत्यधिक हुँदा चार बिघाको फूल पनि कम पर्ने गरेको उनको भनाइ छ।
बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।
देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।
तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।
तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।
‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।
चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।
धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज खोल्न इच्छुक कम्पनीका लागि ४५ दिनको सीमा राखेर आवेदन खुलाएको थियो। त्यसअघिबाटै इजाजत हात पार्न दुई व्यापारिक समूहबीच प्रतिस्पर्धा चलेको हो।
निजी क्षेत्रले विरोध जनाएको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रभाव मूल्यांकन गरेर सुधार र परिमार्जन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ।
असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।
पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।
तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।
कृषिविज्ञहरूले नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने बताए।
स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
गुन्डु गाउँका किसानहरू अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नजिकिँदै गरेको चाड तिहारमा विशेष माग हुने भएकाले काठमाडौँलाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयबासीले बताए।