काठमाडौँको टेकु दोभानदेखि थापाथलीसम्मका क्षेत्रमा पुनर्निर्माणका क्रममा निकालिएका मन्दिर तथा सत्तलका पुरातात्त्विक महत्त्वका काठ जलाइएको छ।
यसअघि राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो।
आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन्।
तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो।
शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।
नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।
क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्।
कर्णले नायब सुब्बाको परिचयपत्र झुन्ड्याएको पीडितले बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगी मात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए।
भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?
शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल पुन: शीर्ष स्थानमा उक्लिन सफल भएको हो।
पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ।
पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।
नगरप्रहरीलाई कसैलाई पनि लाठी बर्साउने, पक्राउ गर्ने र सामान जफत गर्ने अधिकार छैन। तर काठमाडौँ महानगरले दुई वटा ऐनको गलत व्याख्या गर्दै ‘कारबाही’ चलाउने गरेको छ। कस्तो शहर चाहन्छन् बालेन शाह?
पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।
म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको अध्यक्ष एकजित रोकाको भनाइ छ।
कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय पनि गरेको नेता अर्जुननरसिंह केसीले बताए।
सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।