नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बाैद्धबाट पक्राउ परेका छन्।
क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन।
खोला, कुलो र पर्तीसमेत १९ रोपनी सार्वजनिक जग्गा हडपेर बनाइएको अश्विन्स मेडिकल कलेजमा अर्बपति व्यापारी उपेन्द्र महतो अध्यक्ष रहेको मेडिसिटी अस्पताल प्रालि सञ्चालित छ।
काठमाडाैँ महानगरपालिका–५ ले फाटेका बोरा र पुराना जिन्सबाट जुत्ताचप्पल बनाउने सीप सिकाएपछि तालिममा सहभागी महिलाहरू स्वरोजगार बनेका छन्। उत्पादित सामग्रीले पनि राम्रै बजार पाएको छ।
काठमाडौँ महानगरपालिकाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
अध्यक्ष सिफारिस गर्नका लागि गठन भएको समितिको शुक्रबार बसेको बैठकले हालसम्म भएका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गर्ने निर्णय गरेको हो।
युरोपियन युनियनले रूस–युक्रेन द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ।
नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रूपमा मान्यता प्रदान गरेको छ।
दमकमा बनेको भ्यु टावर पुग्न अझै पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।
भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्।
२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।
ट्रम्प र बाइडेनले आफ्नो प्रारम्भिक कुराकानीमा अर्थतन्त्रको बारेमा बहस गरे। उनीहरूले मुद्रास्फीति, रोजगारी र कर नीतिमा एक–अर्कालाई आक्रमण गरेका थिए।
झापाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरिएको छन्। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढाइएको छ।
कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।
समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।
बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।
प्रश्न र आलोचनाभन्दा पनि गाली र फैसला गर्नेगरी रवि ‘टेलिभिजन एक्टिभिजम्’मा ओर्लिए। पुराना दल र तिनका नेताहरूको अकर्मण्यताबाट आजित नागरिकले उनमा नायक भेट्न थाले, जुन स्वाभाविक थियो।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ।