काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशाला क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले साहलाई ७८ हजार घुससहित पक्राउ गरेको हो।
रोल्वालिङमा आएको बाढीले च्छो रोल्पा हिमताल जाने पदमार्ग मात्र बिगारेन, चार वटा झोलुङ्गे पुलसमेत बगाइदियो। बेदिङ र ना गाउँसँग ४५ दिनसम्म सम्पर्कविच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न पठाइएको थियो।
अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा वाम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
जिपचालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकायालाई हेलिकप्टरबाट धनगढी लगिएको छ।
काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ ।
मिर्चैया नगरपालिका–७ मा पर्ने खोरियागाउँमा बारीभरि कोदोखेती देख्न सकिन्छ। यहाँका किसानका लागि यो निर्विकल्प खेती हो।
मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको हो।
विदेशी मुद्रालाई केन्द्रीय बैंकमा भण्डारण गर्नुभन्दा राष्ट्रिय ऋण भार घटाउन उपयोग गर्दा अर्थतन्त्रको हित हुने देखिन्छ। भण्डारणमा रहेको पैसाले कसैको आय वृद्धि गर्न सक्दैन।
समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको कोखेडाँडामा हिमाल हेर्न जाने पर्यटक बढेका छन्। यहाँबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।
गण्डकी र कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बांग्लादेश पुग्नेछ। प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ।
विश्वकप र एशिया कपमा स्थान सुरक्षित गरेर फर्किएको यू१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीलगायतले स्वागत गरेका छन्।
बाढीले क्षति पुर्याएको दुई महिना पुग्नै लाग्दा पीडितले अझै बस्ने वास पाएका छैनन्। कोही आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन् भने, कोही सरकारले दिने राहत पर्खिरहेका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।
पहिलो पटक विश्वकपमा प्रवेश गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ।
भूकम्पको एक वर्ष बितिसक्दा पनि जाजरकोटका पीडितले अस्थायी आवास बनाउने रकम नै पूर्णरूपमा पाएका छैनन्। सरकारको बेवास्ताले स्थायी आवासमा बस्ने भूकम्पपीडितको आशा मर्दै गएको छ।
विषाक्त धुवाँ फैलिँदा लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।