AnonymousUser

Logout

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा १ हजारले बढेको छ। 

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डको फराकिलो जित

युरो २०२४ को उपविजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।

कार्यकालको अन्त्यमा बाइडेनको ठूलो निर्णयः रुसमा लामो दुरीका मिसाइल आक्रमण गर्न युक्रेनलाई दिए अनुमति

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्।

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ।

लोकतन्त्रलाई आचरणमा उतार्ने ढुंगाना

लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो दमननाथ।

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

कीर्तिपुरको मेयरमा १२ स्वतन्त्रसहित २० जनाको उम्मेदवार

कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तनहुँ बस दुर्घटनामा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।

अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?

विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा ३ वर्षअघि राष्ट्र बैंकले कर्जा नियन्त्रण गरी आयात घटाउने नीति लियो। त्यहीँबाट मन्दी शुरू भएको मान्ने निजी क्षेत्र उक्त नीतिलाई अझै चलायमान अर्थतन्त्रको बाधक मान्छन्।

रुसले गर्‍यो युक्रेनी ऊर्जा पूर्वाधारलक्षित भीषण मिसाइल र ड्रोन आक्रमण

युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।

पृथ्वी राजमार्गको गोरेचौतारामा २ बस ठोक्किँदा २९ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्। 

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य प्रतिष्ठानमा छुट्टै वार्ड 

सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ। 

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न: राष्ट्र बैंक

साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।

ठेक्का लागेको ५ वर्षमा पनि भएन रणवाङ–दरवाङ सडक कालोपत्र

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ११ अर्ब ७२ करोडको कारोबार

आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।