चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्।
भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो— उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।
स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।
प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो—उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।
प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो।
भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?
समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समस्याका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो।
आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
लोकतन्त्रवादीसामु ध्वस्त हुने कि सुध्रिने चुनौती छ। व्यवस्था र अवस्थाको भविष्य उनीहरू आफैप्रति कति निर्मम बन्न सक्छन्, त्यसैमा निर्भर हुन्छ।
‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’
अख्तियारले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गरेको ऋण प्रवाहका सम्बन्धमा १२ वटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा विशेषको फैसला कानूनसम्मत नभएको भन्दै पुनरावेदन गरेको हो।
चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।
अहिलेको वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न तथा डढेलो रोक्न मद्दत गरेको छ। तराईंका केही भागमा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ।
प्रहरीका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पूजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो।
वि.स.२०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न बनेको विधेयकमाथि मन्त्रालयले सुझाव संकलन गरिरहेको छ।
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ।
वन क्षेत्रमा गैरकानूनी रूपमा केबलकार निर्माण गरेको एमाले नेता बालकृष्ण सिवाकोटीलगायत समूह संलग्न कालिञ्चोक दर्शन प्रालिले धितोपत्र बोर्डमा झुटो विवरण बुझाएर सर्वसाधारणबाट समेत रकम संकलन गरेको छ।