AnonymousUser

Logout

नेप्से परिसूचकमा १९.९७ अंकको वृद्धि, साढे १० अर्बको कारोबार 

सोमबार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ भने साढे १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

किवी उत्पादन दोब्बरले बढ्यो, बिक्री नहुँदा मारमा किसान

किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा चाहेजस्तो आम्दानी गर्न नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्। 

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त  गतिमा भइरहेको छ।

एनपीएल : चितवनसँग काठमाडाैँ पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडाैँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।

एनपीएल : चितवन राइनोजलाई काठमाडाैँ गोर्खाजले दियो ११२ रनको लक्ष्य

चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए। 

‘बीआरआईमा नेपालको हितअनुकूल संशोधन गरेर मात्र हस्ताक्षर भएको हो’

बीआरआईलाई भूराजनीतिको चपेटामा लैजान गरिएका प्रयासमा नेपाली तानिनु देशकै लागि दुर्भाग्यपूर्ण छ। यसमा कुनै सैन्य रणनीति नभएकोले यो विशुद्ध विकास परियोजना नै हो।

एनपीएलमा आज दुई वटा खेल हुँदै

पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’

शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।

उपनिर्वाचन: गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेस विजयी

रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

दर्चुलाको दुहुँ–५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।

त्रिभुवन विमानस्थलबाट कोकिनसहित केन्याली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।

खुला लैनचौर खेलमैदानमा परिणत, अस्तित्व मेटिने चिन्ता

करिब २०० वर्षअघि बेलायती राजदूतावास स्थापना हुनुअघि नै लैनचौर खुला मैदान थियो। त्यो समयको विशाल लैनचौर मैदान अहिले खुम्चिएर फुटसल र बास्केट बल कोर्टमा सीमित छ।

स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।