प्रहरीले आक्रमणकारी ४२ वर्षीय डेभिड डिपापेविरुद्ध हत्या, घातक हतियार, चोरीलगायतका आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाइने गरिन्छ।
सत्तारूढ दल नेपाली कांग्रेस शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। अहिले बिहान १० बजे पार्टी कार्यालयमा कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
कार्ल बेन्जले विश्वकै पहिलो यात्रा गर्न योग्य कार बनाएका थिए तर मानिसहरूले उक्त कार यात्राका लागि योग्य भएको भन्ने नपत्याएपछि उनकी श्रीमतीले छोराहरूसँग पहिलोपटक कारको यात्रा तय गरेकी थिइन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र तयार भई केही हिमाली जिल्लाबाहेक देशभर पुर्याइसकिएको छ। प्रत्यक्षतर्फ पनि आवश्यक चार करोडमध्ये दुई करोड छापिसकिएको छ।
रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनलाई नै उम्मेदवारविहीन बनाएर सहजै निर्वाचन जित्न सकिने अनुकूलता एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कसरी प्राप्त भयो?
प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन।
जल तथा मौसम विज्ञान विभागले शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
अध्यक्ष ओलीले झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।
महोत्तरीको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो।
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ।
जातीय संघीयता र न्यायालयमा संसदीय नियन्त्रण हुनुपर्नेलगायत पहिलो संविधानसभा अवधिमा माओवादीले जेजस्ता उट्पट्याङ देखायो, तिनले सभाको अवसान मात्र निम्त्याएनन्, माओवादीको ओरालो यात्रासमेत तय गरे।
निर्वाचन आउन २३ दिन बाँकी हुँदा आयोगले कार्यतालिका अनुसार नै निर्वाचनको सबै तयारी भइरहेको र कर्मचारी खटाउने कार्ययोजना पनि बनिसकेको जनाएको छ।
रवीन्द्र मिश्रले आफूले उठाएका अजेन्डाहरू पुस्तकमा रहेको बताए। उनले आफ्ना शुभचिन्तकको आग्रहमा किताब बाँडेको उल्लेख गरे।
मस्यौदाको व्यवस्था यथावत् कार्यान्वयन भए बैंक तथा वित्तीय संस्थाले ‘ओभरनाइट’ तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउने छैनन्।
वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए।
‘नो नट अगेन’ अभियानलाई बन्देज लगाउने आयोगको निर्णयको चौतर्फी विरोध भएको थियो। त्यसपछि आयोगले विज्ञप्ति निकाल्दै आफ्नो निर्णयको बचाउ गरेको हो।
गत भदौ ८ देखि युरोको तुलनामा अमेरिकी डलर बलियो रहँदै आएकोमा बिहीबार र शुक्रबार युरो बलियो देखिएको हो।