महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ३०० बढी विपन्न परिवार बालुवा र गिट्टी छानिरहेका छन्।
तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पर्नेछ।
यो राज्यका सबैजसो निकायमा खस–आर्यको बढी प्रतिनिधित्व किन भइराखेको छ? के त्यस्तो गुदी कारण छ, उहाँहरूको मात्रै प्रतिनिधित्व हुनलाई?
गठबन्धन दलहरूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भए पनि कसले पहिले गर्ने भन्ने टुंगो लागेको छैन।
छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्।
कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।
सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई पहिला प्रधानमन्त्री बनाउने पूर्वसहमति नतोड्न कांग्रेस सभापति देउवालाई चेतावनीका छन्।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई आह्वान गरिसकेको अवस्थामा पनि कामचलाउ सरकारका मन्त्रीहरू नियम कानूनविपरीत कर्मचारी सरुवा र नियुक्तिमा केन्द्रित भएका छन्।
साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।
यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
आन्तरिक उडान गर्ने एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेको भन्दै पर्यटन मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको छ।
नेपाल टी–२० लिगमा काठमाडौँले पोखरालाई २६ रनले र लुम्बिनीले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै विजयी शुरुआत गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको इच्छा गरिरहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्णय लिन ढिलाइ गरेको बताएका छन्।
वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।
म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन।
कतारमा २२ औँ संस्करणको विश्वकप सम्पन्न भइसकेको छ। विश्वकपलाई मध्यनगर गर्दै कतारले विकास निर्माणमा ठूलो लगानी गरेको छ भने फिफाले अहिलेसम्मकै धेरै मुनाफा कमाएको छ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन र मधेश सरकार गठनमा सघाउन सीके राउत सहमत भएका छन्।
सरकार गठनबारे धारणा बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मध्याह्न साढे १२ बजे पार्टीका सांसदहरूको भेला बोलाएका छन्।
बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमका लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्।
धनकुटाबाट सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ।