संक्रमणकालीन न्यायको चरित्र सैद्धान्तिक रूपमा राजनीतिक र व्यावहारिक रूपमा न्यायिक हुन्छ। राजनीतिक र न्यायिक प्रक्रियालाई समायोजन गर्न सकेमा संक्रमणकालीन न्यायिक प्रक्रिया प्रभावकारी हुन सक्छ।
करिब ४१ वर्ष अघि विद्युत् लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएको लगायतका माग स्थानीयले राखेका छन्।
गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यको स्वामित्वमा रहेका रत्न मन्दिरसहित सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। गणतन्त्र आएको १५ वर्षपछि मात्र रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको हो।
“कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्।”
विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई डच प्रहरीले पक्राउ गरेको छ। तीमध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने बताइएको छ।
रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।
करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।
'संवैधानिक सभाको चुनाव गराउँछु' भनेर जनतासँग वाचा गरेका त्रिभुवनले अन्ततः धोका दिए। जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई तीन चार महिनासम्म महेन्द्रले सत्ता दिनै मानेनन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
ईपीएल उपाधि विजेता म्यान्चेस्टर सिटीले हारबाट लिग टुंग्याएको छ। सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १–० गोलअन्तरले पराजित भएको छ।
भारतसँग विगतमा धेरै विषयमा सम्झौता भएका छन्। तर, तिनलाई कार्यान्वयन गर्न गम्भीर नबनेको आरोप भारतमाथि लाग्दै आएको छ। विज्ञहरूले यसपटकको भ्रमणमा यी विषय उठाउन सुझाएका छन्।
क्यानले जबर्जस्ती करणीको मुद्दा खेपिरहेका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि समेटेर एक दिवसीय विश्वकप क्रिकेट छनोट खेल्न जिम्बावे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
यस वर्षको आठ महिनामा संघीय खर्च १५.५ , चालु खर्च १३.१ र वित्तीय व्यवस्था खर्च ४६.३ प्रतिशतले बढेकोमा पुँजीगत खर्च ९.२ प्रतिशत मात्र बढेको छ। यसले अनुत्पादक क्षेत्रमा सरकारको खर्च बढेको देखाउँछ।
भारतीय राष्ट्रिय कांग्रेससहित २० दलले बहिष्कार गरेको संसद् भवन उद्घाटन कार्यक्रममा मोदी भारत स्वतन्त्र हुँदा बेलायतीले दिएको ऐतिहासिक यो राजदण्ड 'सेंगोल'अघि लम्पसार परेका थिए।
पुँजी निर्माण घट्दा आर्थिक वृद्धिको गति रोकिने भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्। विगतमा अनौपचारिक क्षेत्रमा गरिएको बढी लगानीले भविष्यमा पनि आर्थिक वृद्धिलाई असर पार्ने जोखिम देखिएको छ।
सञ्चारमन्त्री रेखा शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्।
काठमाडौँको सिफलस्थित बालगृहको कथा–व्यथा खोतल्नेक्रममा देखियो– बाल संगठनको जग्गा–भवन ओगट्ने र अनुदानसमेत कटौती गर्दै लैजाने सरकारको व्यवहार संगठनको जग्गा हडप्न गरिएको प्रपञ्चमै सहयोगी बनिरहेछ।
वन क्षेत्रको जग्गा केही नाफामूलक निजी कम्पनीलाई केवलकार र खनिजजन्य उद्योग सञ्चालन गर्न दिने गरी प्रस्ताव अघि बढाएको भन्दै वन उपभोक्ता महासंघले विरोध जनाएको छ।
पछिल्ला सात खेल सबैमा बराबरी खेलेको मनाङले आठौँ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रिस्टारलाई पराजित गरेपछि रेलिगेसनको दबाबबाट निस्किएको छ।
सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेका ४४ मध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन्।