परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग ‘लङटर्म पावर डिल’ गर्ने प्रयास गरिने बताएका छन्।
माओवादीका कोही पनि नलपेटिने देखेपछि प्रधानमन्त्री दाहाल अनुसन्धान अघि बढाउन उत्साही भए। कांग्रेस सभापति देउवाको चासो/चिन्ता श्रीमती आरजु राणा देउवा पनि तानिने हो कि भन्नेमै सीमित देखिन्थ्यो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
‘अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको विदेश भ्रमण निश्चित हुँदैन। एक साताभित्रै अदालती प्रक्रिया छ, त्यसमा उनी उपस्थित हुनुपर्छ,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने।
हरेक वर्ष नदीमा बगेर आउने ढुंगाबालुवा नउठाउँदा डुबानलगायत समस्या हुने भए पनि केही व्यवसायीको समूहले गर्ने अधिक दोहनका कारण त्यसबाट प्राप्त हुने लाभभन्दा हानि धेरै भएपछि यो विषय विवादित बन्ने गरेको छ।
अर्थमन्त्रीले सांसद क्षेत्र विकास कोष, विद्युतीय सवारीमा करको दर वृद्धि, उच्च राजस्व परिचालनका लक्ष्यलगायतका विषयको बचाउ गर्दै कार्यान्वयन हुन सक्ने कार्यक्रम मात्र बजेटमा समेटिएको दाबी गरेका छन्।
सरकारले अन्तःशुल्कतर्फ मदिरा, जंकफुडदेखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ।
‘ए’ डिभिजन लिगमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
टीकापुर घटनाका पीडित शारदा कडायत बोहराले पेश गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले दर्ता गर्दै बुधबारका लागि पेशी तोकेको छ।
भारतजस्तो पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले नेपालको भूमि नक्साभित्र हालेर संसद्मा राख्ने कार्य उचित मान्न नसकिने एमाले अध्यक्ष ओलीको भनाइ छ।
युद्धअपराध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कारबाही गर्न लेनिन विष्टसहितका पूर्वबालसेनाले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरेको छ।
अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर ३५ लाख रुपैयाँ लुटपाट गरेको छ।
हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।
सोमबार प्रतितोला एक लाख आठ हजार १०० रहेको छापावाल सुन मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
मनाङ र थ्री स्टारमा देख्न पाइने राष्ट्रिय टोलीका उत्कृष्टसहित विदेशी खेलाडीहरूको जमघट यसपटक छैन। दुवै क्लब युवा खेलाडीमा भर पर्दा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्। खेलमा न रौनक छ, न चर्चा।
जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। योसँगै नेपालले ५ खेलको टी२० आई सिरिज १/१ को बराबरी गर्न सफल भएको छ।
कार्कीमाथि लिखित रूपमा पत्र वा इमेलमार्फत उजुरी दिन सकिने समितिले जनाएको छ। वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
सिंहदरबारमा जारी पहिलो बैठकमा सभामुख घिमिरेले समितिमा अनुभवी सदस्यहरू रहेका कारण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।