विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।
एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।
गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।
भक्तपुरका राजा रणजीत मल्लले मितछोरा पृथ्वीनारायण शाह आफ्नो दरबारमा पाहुना भएर बसेको समय उनको सेवाका लागि नेवार जातिकी कन्या ‘उपहार’ दिएका थिए। ती कन्या नै उनकी नेवार रानी हुन्।
टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन्।
तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
एनसेलको मातृ कम्पनी आक्जियटाले पुँजीगत लाभकर अन्तर्राष्ट्रिय कानूनविपरीत भएको भन्दै समाधान गरिदिन इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युटमा दायर गरेको मुद्दा नेपालले जितको छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।
अधिवक्ता रेग्मीको बहस सुनिरहँदा न्यायाधीश न्यौपानेले आँखा मिचे। त्यो हेरिरहेका रेग्मीले न्यायाधीशलाई लक्षित गर्दै भने, ‘श्रीमान्लाई बोर लागेको भए समय कम गरौँ।’ त्यसपछि न्यायाधीश न्यौपाने कड्किए।
निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने सरकारको प्रस्ताव गैरसंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसलाई समर्थन गर्न नसक्ने धारणा राखेका छन्।
संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ। हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्।
नेपालका हिमालीदेखि तराईका विभिन्न स्थानमा उच्च तापक्रम मापन भइरहेको छ। आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना भए पनि मध्य र पश्चिम तराईमा अझै एक हप्ता गर्मी हुनेछ।
पाइलापाइलाका व्यवधान देख्दा तिलकलाई नागरिकता सासभन्दा पनि महत्त्वपूर्णझैँ लाग्छ। वेदनाले विक्षिप्त उनी बेलाबेला आफैँलाई सोध्छन्, 'म को हुँ? मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्छ?'
अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।
पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन एक वर्षपछि मात्र नयाँ करका दर लागू गर्ने व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्।
राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग गरी युद्धअपराध गरेको भन्दै प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई कारबाही गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सांसदहरूले गाईबस्तुमा देखिएको लम्पिस्किन रोग नियन्त्रण, तराई/मधेश तातो हावा (लू)ले जनजीवनमा पारेको प्रभावका साथै भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साबारे ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगका जिल्ला कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावप्रति सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन्।
माओवादी केन्द्रका उपमहासचिव शर्माले विगत १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव गरेका छन्।