एमाले अध्यक्ष ओलीले समय घर्केपछि मात्र राष्ट्रपति उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको, समय छँदासम्म भने पार्टीभित्र उनको नामबारे छलफल नै नगरेको नेताहरू बताउँछन्।
आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागी परेको बताए।
बेलायती प्रधानमन्त्री सुनकले ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताएका छन्।
उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ।
मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्।
क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानका अध्यक्षले विधान उल्लंघन गरेको दाबी गर्दै राखेपलाई ७ केन्द्रीय सदस्यले पत्र बुझाएका छन्।
सर्वोच्च अदालतले सन्दीप लामिछानले विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
पानी परेपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल स्थगित भएको छ।
आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
एमाले अध्यक्ष ओली विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाबाट गत वर्ष फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो। परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले गर्नुपर्ने पूर्वतयारीमा नै एक वर्ष खर्च भइसकेको छ।
एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।
जी–२० सम्मेलनमा टर्कीको भूकम्प, न्यून र मध्यम आय भएका देशहरूको ऋण, विश्वको कर प्रणाली र खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको छ।
ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।
इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।
हिउँद
काठमाडौँ उपत्यकासहित देशभर लामो समयपछि वर्षा भएको छ। आइतबार दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको हो। पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलो गरी भित्रिएको हो। आज देशभर विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम विभागले जनाएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, उवा लगायतका बालीका लागि फलदायी मानिन्छ। हिउँदे वर्षाले सिँचेको जमिनबाट बिरुवालाई वसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुने बताइन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू हुर्कने र बाली सप्रने गर्छ।