माओवादीका पूर्वलडाकु नरवीर भन्छन्– ‘व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएँ। जिउभरि बमका छर्रा र गोली छन्। यसरी कति दिन बाँच्न सकिएला र?’
सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँ पटक एसीसी एशिया कपको उपाधि जितेको छ।
गिनिज वर्ल्ड रेकर्डस्ले जिअसलाई सन् २०२२ मा संसारकै सबैभन्दा अग्लो कुकुरको ‘टाइटल’ दिएको थियो।
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।
वी रिड प्रकाशनका अनुसार जनताको न्यायका लागि लडिरहेका कमला ह्यारिसका प्रारम्भिक दिन, राजनीतिमा प्रवेश र यसभित्रका संघर्ष पुस्तकमा समेटिएको छ।
लिच्छविकालको राजधानी मानिएको हाँडीगाउँ अहिले फेरिइसकेको छ। तर अझै लिच्छविकालीन सम्पदा र कतिपय अवशेष देख्न पाइन्छ। अब वडा कार्यालयले ती प्राचीन सम्पदा ब्युँताउने गरी बनाउँदै गरेको गुरुयोजना कस्तो छ?
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।
सञ्चारमन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन्।
लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट ल्याइएको गाँजा ‘डेलिभरी’ गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका छ।
आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
उनीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अहिले कानून पनि ‘आपराधिकतालाई उन्मुक्ति दिने बन्न थालेको’, त्यसले सशंकित र खिन्न बनाएको उल्लेख छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।
सरकारले आफ्ना जायज मागप्रति बेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायका लागि आवाज उठाइदिन अपिल गरेका छन्।
दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।
आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
दरखाने निहुँमा पार्टीप्यालेस र होटेलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मक रूपमा जानेको पनि लहर छ। यसले आधुनिकताभन्दा विकृति बढी निम्त्याएको बेनी–२ की यामकुमारी शर्माको भनाइ छ।
जंगलबीचमा लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।
चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करिब छ करोड रुपैयाँ खर्चिएर उपकरण खरिद गरिएको थियो।