AnonymousUser

Logout

भू–उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

सरोकारवाला निकायले अस्पष्ट नियमावलीका कारण जग्गा कारोबार चलायमान हुन नसकेको जनाएका छन्।

गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय बने, विद्यार्थीको संख्या भने घट्दै

गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन्।

काठमाडौँमा हुने साफ यू–१९ को तयारी पूरा, २ करोड ७७ लाख खर्च हुने अनुमान

प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग बिहीबार खेल्ने छ। प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनः निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो। 

६ वर्षमा २ एक दिवसीय खेलेका अश्विनको भारतीय टोलीमा पुनरागमन

अश्विनका अलावा रुतुराज गायकवाडलाई पनि मौका दिइएको छ। उनले एशियाली खेलकुदमा भारतीय टोलीको कप्तानी गर्नेछन्।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बुधबारदेखि, छुट्टै लेन बनाइयो

सरकारले संविधान दिवसको अवसर पारेर बुधबारदेखि द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो। यसका लागि सडकमा मार्किङ गरिएको छ।

जीवनले कल्पनै नगरेको मोड लिएपछि काष्ठकलामा चम्केकी कल्पना

कल्पना भन्छिन्- 'मैले बनाएका मूर्तिहरूबाट म मात्र होइन, यिनलाई लगेर घरघरमा सजाउने ग्राहकहरू पनि उत्तिकै खुशी छन्। यसरी आफ्नो पेसाको खुशी सबैलाई बाँड्ने सौभाग्य कमैलाई मात्र मिल्छ।'

राष्ट्रकविको स्मृतिमा अक्षयकोष स्थापना, हरेक वर्ष १ जना साहित्यकारलाई पुरस्कृत गरिने

उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष एक जना साहित्यकारलाई एक लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ।

बेनीमा देखाइयो २०० वर्ष पुरानो बर्खेनाच

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ। गत भदौ १८ गतेदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो।

सिख नेताको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको आरोप

ब्रिटिश कोलम्बियाको सिख मन्दिर बाहिर नेता हरदीप सिंह निज्जरको जुन १८ मा गोली हानी हत्या गरिएको थियो। 

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको महभिर झरना

मध्यपहाडी राजमार्ग नजिकै रहेको महभिर झरनासम्म पुग्ने बाटोको विस्तारसँगै अन्य पूर्वाधार पनि निर्माण गरिएको छ। सडकको सहज पहुँच भएपछि पर्यटक आगमन बढेको छ।

भारत लैजाँदै गरेका ३ जना बालकको पानीट्यांकीबाट उद्धार

अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका तीन जना बालकलाई एसएसबीले उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री

सन् २०३० सम्ममा गरिबीको अन्त्य र असमानता हटाउनका लागि दृढ रहेको उल्लेख गर्दै यही लक्ष्यअनुरूप कसैलाई पनि पछाडि नछाड्ने योजनामा प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

फुटपाथको तानातान: ‘माथिको आदेश’, निम्छराहरूबीच मारमुंग्री

शहर पसी आफ्नो तथा परिवारको जीवनयापन गर्ने सन्दर्भमा कैयौँ परिवारको जीवन फुटपाथसँग जोडिएको छ। कुनै विकल्प नभएपछि, पैसा सकिएपछि या अन्य काममा असफल भएपछि मान्छेहरू जीविकोपार्जन गर्न सडकमा पुगेका हुन्।

सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्दै

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा अरू दलका नेतालाई पनि वक्ताका रूपमा बोलाइएको एमालेले जनाएको छ।

देशभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

नौबिसे–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द हुने

राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोलानजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।

पर्व

पशुपतिमा पूजाआजासँगै नाचगानमा रमाउँदै व्रतालु

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आइतबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यस दिन पशुपतिनाथसहित देशभरका देवालयमा व्रतालुहरूको भीड लाग्ने गर्छ।

आन्दोलन स्थगन गरी वार्तामा आउन शिक्षक महासंघलाई सरकारको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्यालले महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको जनाएका छन्।

सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसक्दा लक्ष्यअनुसार राजस्व उठेन: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।