AnonymousUser

Logout

भद्रपुरमा सन्थाल आवास निर्माणका लागि २ करोड बजेट, नगरपालिकामार्फत खर्च हुने

संघीय सरकारले दिने २ करोड बजेटबाट सन्थाल समुदायका लागि १०० घर बनाउन सकिने भद्रपुर नगरपालिकाले जनाएको छ। उक्त नगरक्षेत्रमा ६३४ घर सन्थाल छन्।

काकाकुल मधेशः चापाकलमा आउँदैन पानी, सुक्न थाले खोला

तापक्रम बढेर उखरमाउलो गर्मी भइरहेको तराई मधेशमा पानीको समेत समस्या थपिएको छ। वर्षा नहुँदा चापाकलमा पानी आउन छाडेको छ भने, १२ महिना नै बग्ने खोलासमेत यसपटक सुकेका छन्।

थ्रीस्टारले दुई खेलमा बिनाभिसाका विदेशी खेलाएको आरोप, एपीएफले गर्‍यो कारबाहीको माग

२४औँ चरणको खेलमा श्रम स्वीकृति सकिएपछि चार वटा क्लबले विदेशी खेलाडीलाई मैदान उतारेका थिएनन्। तर, थ्री स्टारले नाइजेरियन खेलाडी मार्टिन अजयी र पिटर सेगुनलाई खेलाएको एपीएफको दाबी छ।

यसपालि पनि फैलिन सक्छ डेंगी, यसरी अपनाऊँ सावधानी

गर्मी ठाउँमा मात्र देखा पर्ने विश्वास गरिँदै आएको डेंगीले महामारीको रूप लिँदा अघिल्लो वर्ष काठमाडौँवासीलाई समेत अत्याएको थियो। यस वर्ष संक्रमण फैलिन नदिन रोकथामका उपायतिर लाग्ने बेला भयो।

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई

दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै उपाधि जितेको छ। प्रतियोगितामा टेस्ट मान्यता पाएका १२ मध्ये नौ देश सहभागी थिए।

नेप्से परिसूचक ४०.४८ अंकले बढ्यो, कारोबार भएका १३ वटै उपसमूहको मूल्यमा वृद्धि

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको ११  करोड ४७ लाख २४ हजार ५१८ बराबरको कारोबार भएको छ। 

लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीतिको विमोचन

पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताले मूल्य–मान्यता संविधानविपरित चालेका कदमद्वारा निर्मित नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ।

भक्तपुरमा जारी पुरुष राष्ट्रिय भलिबलको सेमीफाइनल समीकरण पूरा  

सूर्यविनायक–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका छन्। 

प्रधानमन्त्रीविरुद्ध पूर्वबालसेनाको रिट सर्वोच्चमा दर्ता, जेठ ३० गते पेसी

सशस्त्र द्वन्द्वकालमा आफूलाई युद्धमा प्रयोग गरेको तर अहिले व्यवस्थापन नगरेको भन्दै पूर्वबालसेना लेनिन विष्टले पेस गरेको रिट आइतबार दर्ता भएको छ।

बलियो वित्तीय विवरणबिना नै शेयर निष्कासन, जोखिममा सर्वसाधारणको लगानी

उच्च मुनाफा गरिरहँदा ‘प्राइभेट लिमिटेड’मै रहन चाहने घोराही सिमेन्ट र नेपाल रिपब्लिक मिडियाजस्ता कम्पनीले घाटामा गएपछि वा मुनाफा पहिलाकै जस्तो हुन नसक्ने अवस्था भएपछि आईपीओ निष्कासन गर्न थालेका छन्।

सरकारले आफ्नै प्रतिबद्धताविपरित बजेट ल्यायो: विष्णु पौडेल

सरकारले पुँजीगत खर्च बढाउने घोषणा गरेको भए पनि आगामी वर्षको बजेटमा चालू आवभन्दा ७८ अर्ब ३१ करोड रुपैयाँ घटाएको उपाध्यक्ष पौडेलले औँल्याएका छन्।

लागूऔषध काराेबारीमाथि प्रहरीले चलायो गाेली, १ जना घाइते

लागूऔषध काराेबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीलाई नै आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।

दाइजोका विषयमा विवादपछि महिलाको हत्या आरोपमा २ जना पक्राउ, घाटबाट शव बरामद

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना–१ का चेपाङ समुदाय तरकारी खेती र पशुपालनमा लागेका छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान थालेको गाउँपालिकाले जनाएको छ। 

राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन: गृहमन्त्री

मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिले अपेक्षित साथ नदिएको मन्त्री श्रेष्ठको गुनासो छ।

उत्तरपूर्वी काजकस्तानमा डढेलो, कम्तीमा १४ जनाको मृत्यु

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

अव्यवस्थित सडकपेटी

कहिले सहज बन्छन् सडकपेटी?

काठमाडौँका अधिकांश सडकपेटी पैदलयात्रुका लागि सहज छैनन्। सडकपेडीमा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। निर्माण सामाग्री थुपारिँदा, सहायक सडक जोडिएका स्थानमा, बिजुलीका पोललगायतले जोखिम हुने गरेको छ। कतिपय स्थानमा सडकबाटै हिँड्नुपर्ने अवस्था छ। अपांगता भएका व्यक्तिलाई झनै कठिन हुने गरेको छ।  तस्वीर: किसन पाण्डे/उकालो\r\n\r\n

खडेरीले खेतमै सुके मकै

चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यससिजन भने घोगा लाग्ने बेलामा खडेरीले सुकेपछि अहिले किसान समस्यामा परेका छन्।

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्‍याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो। 

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता

गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।