AnonymousUser

Logout

भ्रष्टाचारीसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ: प्रधानमन्त्री 

भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढेको प्रधानमन्त्री दाहालको दाबी छ।  

गैरकानूनी रूपमा सञ्चालित २ वटा स्वास्थ्य संस्थामा काठमाडौँ महानगरको ताला

सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित हुने गरी सुधार नगरे संघ र प्रदेश मातहतका अस्पतालमासमेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने मेयर शाहले चेतावनी दिएका छन्।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका छन्।

पर्यटन प्रवर्द्धन गर्ने योजना: आकर्षक र नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता

सरकारले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। यो बीचमा पिलर नहुने (सस्पेन्डेड) एशियाको पहिलो पुल भएको दाबी गरिएको छ।

बाढीले पुल बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि सवारी आवतजावत बन्द भएको छ।

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, ११ जना मारिए

राजधानी किएभ र उत्तरपूर्वी शहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो।

लोकप्रिय बन्ने होडका खतरा

गगनजस्ता नेताहरूले केही समयको लोकप्रियताभन्दा आफ्नो काम र बोलीले समाजमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै विविधता, लोकतन्त्र र अधिकारको संरक्षणमा लाग्नुपर्ने देखिन्छ।

आज विश्व रक्तदाता दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ। 

दण्डहीनताले भयको छायामा पर्दैछन् विश्वविद्यालयहरू

राजनीतिक संगठनको नाममा सक्रिय आपराधिक समूहको उद्दण्डताले संरक्षण पाउँदा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमै प्राध्यापक र कर्मचारीमाथि आक्रमणका घटना रोकिएका छैनन्।

न्यायिक प्रक्रिया उल्लंघनको मूल्यः एनसेलविरुद्ध मुद्दा जितेर पनि ४७ करोड तिर्दैछ नेपाल

आईसीएसआईडीको ट्राइब्युनलले २०७६ सालदेखि शुरू गरेको न्यायिक प्रक्रियालाई नेपालले लामो समय बेवास्ता गर्दा मध्यस्थकर्ताको मात्र नभई आजियाटा र एनसेललाई पनि करिब ३८ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ।

नागरिकताको माग गर्दै माइतीघरमा युवकले गरे आफैँलाई जलाउने प्रयास

नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आफैँलाई जलाउने प्रयास गरेका छन्। उनलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टरमा लगेको छ।

साउन २० गतेबाट अवकाशमा जान लागेका कार्कीलाई‍ प्रधानन्यायाधीश अनुमोदन गर्ने तयारी

साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ गरेर प्रधानन्यायाधीशमा अनुमोदन गर्ने तयारी गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारबाट नेपाल एयरलाइन्सको नियमित उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईविरुद्ध कारण देखाऊ आदेश, रिटलाई अग्राधिकार

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित नौ जनाले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए।

संघीय मामिला मन्त्रालयले भन्यो : स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउनू

संघीय मामिला मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई  १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन  पत्राचार गरेको छ।

नेप्से उच्च अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।

बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु, तीन जना घाइते

बेलायतको नटिंघममा भएको आक्रमणमा तीनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

जलहरीको सुन १० केजी नै हो भन्दै पशुपति विकास कोषका सदस्य–सचिव थापाले झारे आँसु

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका छन्।

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।

कला प्रदर्शनी

कला प्रदर्शनी अवलोकनमा नेतादेखि कलाकारसम्म

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ अन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना प्रदर्शनी मंगलबार सम्पन्न भएको छ। जेठ २५ गतेबाट शुरू भएको प्रदर्शनी मंगलबार रास्वपा सभापति रवि लामिछानेले अवलोकन गरेपछि सम्पन्न भएको हो। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, नेतृ हिसिला यमि लगायतका नेताहरूका साथै केही कलाकारले पनि प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा राजनीतिक व्यंग्यदेखि समसामयिक चित्रकला, हस्तकला, वास्तुकला राखिएको थियो। महिलाका मुद्दा, बालबालिकाको मानसिकता, जलवायु परिवर्तनले पृथ्वीमा परेको असर, बसाइँसराइ लगायतका विषयमा कला कुँदिएका थिए। ६१६ जना कलाकारको ६७९ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा अहिलेसम्म ललितकलाका विविध पुरस्कार जित्न सफल कला पनि राखिएको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

यो ब्लक वेबसाइटबाट हटाइएको छ।