किसान
दुग्ध विकास संस्थानलगायत डेरीबाट लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको छ। किसानहरू काठमाडौँको लैनचौरिस्थत दग्ध विकास संस्थानमा धर्ना दिन पुगेका थिए। दुग्ध सहकारी संघको अगुवाइमा देशभरका दुग्ध किसान भुक्तानी माग्दै काठमाडौँ आएका हुन्।
केशर महल
काठमाडौँ– विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य साढे तीन वर्षमा समापनको संघारमा पुगेको छ। पुनर्निर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ। केशर महलमा यतिबेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम शुरू भएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
मौसम
लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ। हावाहुरीसहित भएको वर्षाले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो। वर्षाले राजधानीवासीलाई राहत मिलेको छ।
मौसम
देशमा गर्मी बढिरहेको छ। काठमाडौँ उपत्यकाको तापक्रममा ३० डिग्री हाराहारीमा मापन गरिएको छ। यस्तोमा पशुपक्षी पनि शीतलता खोज्दै जलाशय नजिक पुग्ने गरेका छन्। यस्तै गर्मीको मौसममा स्वयम्भूमा बाँदर पोखरीमा पौडी खेल्दै शरीरलाई शीतल बनाइरहेका छन्। स्वयम्भू परिसरमा बाँदरकै लागि पोखरी बनाइएको छ। त्यही पोखरीमा बाँदर पौडी खेल्ने गरेका हुन्।
मापसे
मादक पदार्थ सेवन मापसे गरी सवारी चलाएका चालकलाई प्रहरीले ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरेको छ। आज बुधबारदेखि काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो। गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए। तर, यो निर्णय हचुवाका भरमा गरेको भन्दै यसको चाैतर्फी विरोध भइरहेको छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
दिवस
देशभर बिहीबार १७औँ गणतन्त्र दिवस मनाइँदै छ। दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। सो अवसरमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
विरोध
काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।
पर्व
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने जात्राको पहिलो दिन शनिबार पुल्चोकबाट रथ तानी गा: बह पुर्याएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने रथजात्रा जात्रा असार चौथीमा राष्ट्रप्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुने गर्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।
पर्व
वर्ष र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई आज रथारोहण गरिएको छ। पाटन मत्स्येन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो। आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ।
श्रमिक दिवस
अन्तर्राष्ट्रिय श्रमिक दिवस बुधबार ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्। तर श्रमको उचित मूल्य नपाएको श्रमिकको गुनासो छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा आफूहरूमा लागू नभएको उनीहरूको भनाइ छ।
मौसम
काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। काठमाडौँको तापक्रम दुई चार दिनयता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ। बढ्दो गर्मीका कारण तातो हावा चलिरहेको छ। तातो हावाले वायु प्रदूषण बढाउने र यसले बालबालिका, बृद्धबृद्धा र बिरामीको श्वास प्रश्वासमा असर गर्ने चिकित्सकहरू बताउँछन्। गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेसनसमेत हुनसक्ने उनीहरूको भनाइ छ। गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानी पाइने फलफूल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरूको सुझाव छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
विरोध
रुसी सेनामा रहेका नेपालीको उद्धार गरिदिन माग गर्दै उनीहरूका परिवारले अनशन शुरू गरेका छन्। माइतीघरमा रुसी सेनामा रहेका नेपालीका परिवारले शुक्रबारदेखि अनशन थालेका हुन्। पटक–पटक गरिएको प्रयास उपलब्धिमूलक नरहेको जनाउँदै पीडित परिवारले सामूहिक रूपमा अनशन शुरू गरेका छन्। रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले आफ्ना १३ वटा मागअघि सारेको छ। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ। त्यस्तै उनीहरूले युद्धमा घाइते नेपालीहरूको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्ध बन्दीको सकुशल उद्धार गर्नुपर्ने माग अघि सारेका छन्। तस्वीरहरू/ नेपाल फोटो लाइब्रेरी
कला
काठमाडौँ महानगरपालिकाले ‘वाल आर्ट’मार्फत खाली भित्ताहरू रङ्गाउन शुरू गरेको छ। फोहोर फल्ने, पोस्टर ठास्ने, अनावश्यक रूपमा लेख्ने गर्दा कुरुप देखिएपछि खाली भित्तामा काठमाडौँ महानगरले विभिन्न कला संस्कृति झल्किने गरी रङ रोगन गरेको हो। शुरूआती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनका भित्तामा रङ रोगन गरिएको हो। सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदर्शनी मार्गमा रहेका भित्ता, विमानस्थल, बबरमहलमा ‘वाल आर्ट’ गरिने महानगरले जनाएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
जात्रा
भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा मंगलबारबाट शुरू भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धूमधामसाथ भक्तपुरमा मनाइन्छ। तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी
साझा यातायात
साझा यातायातले नेपालमै पहिलो पटक १.१ मेगावाट क्षमताको चार्जिङ डिपोट निर्माण गरेको छ। डिपोटको मंगलबार भौतिकमन्त्री रघुवीर महासेठले उद्घाटन गरे। त्यसमा २४ वटा समानान्तर चार्जिङ प्वाइन्ट रहेको छ। यस्तै, साझाले ४० वटा विद्युतीय बस पनि सञ्चालनमा ल्याएको छ।
घोडेजात्रा
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ। सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत टुँडिखेल पुगेका थिए। \n\nसो क्रममा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत प्रतिस्पर्धा गराइएको थियो भने सैनिक कुकुरको कौशल प्रस्तुत गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए।\n\nकाठमाडौँ उपत्यकाका नेवार समुदायले चैत्र कृष्ण औँसी तिथिमा मनाइने घोडेजात्रालाई ठूलो चाडको रूपमा पनि मनाउने गर्दछन्। यस दिन विवाह भएर गएका आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन छ भने काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ या पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने पनि परम्परा छ। तस्वीर : कृष्पा श्रेष्ठ
गर्मी
गर्मी शुरू भएसँगै सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँदेखि नजिकै रहेको सुकेटेमा व्यस्त जीवन र थकान मेट्न मानिसहरू पुग्न थालेका छन्। सुनकोशीको माछा र र्याफ्टिङ प्रमुख आकर्षण हुन्। यहाँको र्याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सिजनमा शुक्रबार र शनिबार सुनकोशीमा ट्राफिक जाम नै हुने गरेको छ।\n\n
शिक्षा
माध्यमिक शिक्षा परीक्षा एसईई भएको छ। बिहीबार बिहान ८ बजे शुरू भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
होली चेकिङ
काठमाडौँ उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ। होलीको दिन आइतबार बिहानैदेखि चेकिङमा कडाइ गरिएको प्रहरीले जनाएको छ। होलीमा उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।\r\n\r\n
विरोध
मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकाहरूले मंगलबार खाली खुट्टा पैदल मार्च गरेका छन्। उनीहरूले मंगलबार काठमाडौँमा खाली खुट्टा विरोध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा शुरू गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोणसभा गरे।