काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।
धनुषा–३ मा लोसपाका अनिलकुमार झालाई पराजित गर्दै एमाले उम्मेदवार जूलीकुमारी महतो विजयी भएकी छन्।
पश्चिम नवलपरासी–२ मा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी भएका छन्।
कास्की–३ को प्रदेशसभा (२) मा एमालेका राजिव पहारीलाई पराजित गर्दै कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।
रुपन्देही क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित भएको छ।
पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतले पराजित गर्दै एमालेका वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन्।
कास्की–३ मा माओवादीका रामजीप्रसाद बराललाई पराजित गर्दै एमालेका दामाेदर पाैडेल विजयी भएका छन्।
बारा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चाैधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी भएका छन्।
दाङ–१ बाट एमालेकी शान्ता चाैधरीलाई हराउँदै एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्।
धनुषा–२ मा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।
दाङ-३ बाट नेपाली कांग्रेसका दीपक गिरी ७ हजार ८१० मतान्तरले विजयी भएका छन्।
धादिङ-१ बाट ३५ हजार ९३४ मत ल्याएर नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित भएका छन्।
सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।
सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ११ हजार ६१९ मतान्तरले विजयी भएका छन्।
डोल्पाबाट नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर विजयी भएका छन्।
इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्।
समानुपातिकतर्फको जारी मत गणनामा एमाले पहिलो स्थानमा रहँदा कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छन्।
प्रभु साह निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले भन्दा ७ हजार बढी मत ल्याएर रौतहट-३ बाट निर्वाचित भएका छन्।
सप्तरी–१ मा जसपाका नवलकिशोर साह जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार ५७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।
नेपाली कांग्रेसले पार्टीका उपल्लो तहका नेता गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायतलाई समानुपातिक सूचीमा राखे पनि मौका नपाउने सम्भावना बढेको छ।