धनुषा-४ मा नेकपा एमालेका रघुवीर महासेठ ८० मतले महेन्द्र यादवभन्दा अगाडि छन्।
लोकतान्त्रिक वामगठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चितवन-१ बाट ३४ हजार एक सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ३ हजार मतान्तरले पराजित भएका छन्।
नेपाली कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतान्तरले पराजित गर्दै सिरहा-१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।
धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।
खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई साढे २ हजार मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्।
गुल्मीमा जारी मतगणनामा नेकपा एमालेका प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछ्याइरहेका छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ। नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन्।
स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका छन्।
अघिल्लो निर्वाचनमा पाएको भन्दा महेश बस्नेतले १३ हजार कम मत पाए, जबकि गएको स्थानीय तहको मतअनुसार यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत करिब दुई हजार मात्र छ।
मकवानपुर- १ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिना उपाध्याय र राप्रपा नेपालका कमल थापालाई हराउँदै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन्।
नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।
पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।
भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्।
दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।
कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरसहित विजयी भएकी छन्।