विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ।
घोराही–तुलसीपुर चारलेन निर्माण २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्नुपर्ने काम हालसम्म १० प्रतिशत पनि भएको छैन।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।
बाँदर आतंकबाट भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानी गाउँमा बढी प्रभावित भएका छन्।
जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए।
हिमपात र हुस्सुका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा ल्याउन हतारिएको भन्दै क्यानमाथि नैतिक प्रश्न उठ्दा पार्टीदेखि नेताहरूसम्मले साँधेको मौनतालाई लिएर चिन्ता व्यक्त गरिएको छ।
कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।
अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।
बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएपछि काठमाडौँमा क्यानविरुद्ध विरोध प्रदर्शन गरिएको छ।
द्रुतमार्गका लागि हालसम्म चार हजार ७८० रोपनीको मुआब्जा विवरण भइसकेको छ। आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने मुआब्जा वितरण हुन सकेको छैन।
हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।
मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई नेपालबाट भारत पुर्याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।
घनश्याम भुसाल चढेको गाडी सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। उनलाई निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।