AnonymousUser

Logout

मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै

 गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।

भूकम्पप्रभावितलाई तिहारको भन्दा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।

बालगृहमा सामूहिक भाइटीका

नेपाल बाल संगठनन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्।

महोत्तरीमा प्रहरीले चलायो गोली, २ जना गम्भीर

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान छन्।

कस्तो रहनेछ बुधबारको मौसम?

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा आंशिक बदली हुने छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्नेछ। 

साहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। 

तिहारमा यस्तो देखियो काठमाडौँका सडक [तस्वीरहरू]

सामान्य अवस्थामा सवारी जाम भइरहने बल्खु, कोटेश्वर, चावहिल, सानेपा, ग्वार्को, गौशाला, कलंकी लगायतका क्षेत्रमा  भाइटीकाको अघिल्लो दिन मंगलबार ट्राफिक चाप न्यून देखिन्थ्यो।

भाइटीकाको दिन कस्तो रहला मौसम?

बुधबार देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रविधिको विकासले संकटमा मादल व्यवसाय

तिहारमा मौलिक गीत गाउँदै मादल, झ्याली बजाएर देउसी भैलो खेल्ने चलन हराउँदै गएको छ। युवा पुस्ताले चासो नदिँदा तिहारका बेला देखाइने सोरठी, मारुनीलगायतका नाचहरू पनि लोप हुँदै गएको बुढापाकाको गुनासो छ।

जुवा खेलिरहेका १७ जना काठमाडौँको साँखुबाट पक्राउ

प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट मंगलबार चार लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो। 

धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

मंगलबार बिहान जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भेरी अस्पतालबाट निको भएर घर फर्किए भूकम्पका ४८ घाइते

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्।

मुस्ताङवासीका लागि कोरला नाका खुला, चीनको नेचुङसम्म आवतजावत गर्न पाउने

कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउँछ? 

सामाजिक सञ्जालको दुरूपयोग गरी गलत र भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियमन गर्न निर्देशिका जरुरी रहेको सरकारको दाबी छ। तर यसको जग नै गलत भएको कानूनविद्को आरोप छ। 

नेताहरूका घरमा किसानको देउसी भैलो (तस्वीरहरू)

पछिल्लो समय नेता, रोजगारदाता, पेसा–व्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। भक्तपुरमा किसानहरूले नेताहरूका घरमा देउसी भैलो खेलेका छन्।

भाइटीका लगाउन घर पुगेका दाजुले बचाए दुई बहिनीको ज्यान

शुरूमै ढुंगाले लागेपछि आयुष ब्युँझिए। बहिनीहरू पुरिइसकेका थिए। बत्ती पनि थिएन। बोलाउँदा सानी बहिनीको आवाज आयो, छाम्दा ठूली बहिनीको खुट्टा भेटे। काठमाडौँबाट भाइटीका लगाउन गएका उनले दुवै बहिनी बचाए।

संसदीय पूर्वाधार कार्यक्रमको रकम भूकम्पपीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय

सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुटाइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ।

नेपालमा टिकटकमाथि प्रतिबन्ध, आजैबाट बन्द गर्ने प्राविधिक तयारी

टिकटकलाई सोमबारबाटै नेपालभर बन्द गराउन प्राविधिक तयारी थालिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।