पशुपन्छीलाई प्रयोग गर्न प्रतिबन्धित तथा दर्ता नभएका एन्टिबायोटिक भित्र्याउन सरकारी कागज किर्ते गर्ने व्यवसायी ऋषि बडालका गतिविधिप्रति सरकारले आँखा चिम्लिँदा जनताको स्वास्थ्यमा प्रतिकूल असरको जोखिम छ।
सन् २०३० सम्ममा एचआईभी/एड्सको केन्द्रीकृत महामारी अन्त्य गर्ने लक्ष्य राखेको नेपाललाई त्यसमा भरथेग गरिरहेको अमेरिकी सहायता नै रोकिएपछि ठूलो धक्का पुगेको छ।
अन्तिम चरणको मिर्गौला रोग लागेका देशभर करिब ८ हजार बिरामी अंगदाताको पर्खाइमा छन्। मस्तिष्क मृत्यु भएकाबाट निकालिएको अंग कुर्ने नै १ हजार जना पुगेका छन्। उनीहरूले अंग पाउन के बाधा छ?
नेपालमा बर्सेनि ६ हजार जनाको मृत्युको प्रमुख र २३ हजार मृत्युको सहायक कारण बनेको छ ‘एएमआर’। मानिस र पशुपन्छीमा अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले निम्त्याएको यस्तो महामारी ल्याउन को कसरी जिम्मेवार छन्?