AnonymousUser

Logout

छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा

७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।

कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?

आन्दोलनका क्रममा हुने लुटपाट भदौ २४ गते पहिलो पटक भएको होइन। यस्ता घटनामा यसअघि कुनै अपराधमा नलागेका मानिस पनि देखिन्छन्। के कोही अवसर नपाएर मात्र ‘चोर’ नभएको हो त?

सिभिलका चिकित्सकको चिन्ता– ‘केही घाइतेको हातखुट्टा नजोगिने डर छ’

डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।

‘देश खोक्रो बनाउनेलाई लखेट्न सकियो, ९ गोली लागेकोमा पछुतो छैन’

रबरका गोली लागेर एम्बुलेन्समा हालेपछि उनले त्यहीँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा हाले। शरीरको माथिल्लो भाग रगताम्य देखिने उक्त भाइरल भिडियोमा उनी भन्दै थिए– म छाती थापेर आको...

ट्रमा सेन्टरका सर्जनको बयान: एकैपटक धेरै घाइते आउँदा आत्तियौँ

जेनजीको आन्दोलनका गम्भीर घाइतेलाई कम्मरभन्दा माथि- टाउको, घाँटी, छाती र पेटमा गोली लागेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यस्ता घाइते अपांग हुने सम्भावना धेरै छ।

आन्दोलनका घाइतेको बयान, ‘प्रहरीले लुकेर ताकी ताकी गोली हान्यो..’

बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको  बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।

बिरामी र चिकित्सकको संवाद ‘मेडिकल नोट’मा बदल्ने एआई उपकरण भित्र्याउने चिकित्सक

बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई मेडिकल नोटमा परिवर्तन गर्ने एआई उपकरण ‘माई क्लिनिको’ दमक बाल अस्पतालमा प्रयोग भइरहेको छ। त्यसलाई भित्र्याउने चिकित्सक हुन् डा. प्रकाश पौडेल।

जटिल शल्यक्रियामा संकटतर्फ देशः विशेषज्ञ सर्जन धमाधम बिदेसिँदै, नयाँ आउनै चाहँदैनन्

सीपअनुसार अवसर, खटाइअनुसार पारिश्रमिक र काम गर्ने वातावरण नपाएर जटिल सर्जरी गर्ने अनुभवी सर्जन धमाधम पलायन भइरहँदा सर्जरी पढ्नेको आकर्षण पनि घटिरहेको छ। जसको अर्थ हो– देश मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरीका चिकित्सक संकटको अवस्थामा पुग्दैछ।

दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा

दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ।

भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्

पोखरामा सडक बनाउने खिलबहादुरलाई एक अपरिचितले राम्रो काम लगाइदिने आश्ववाशन दिएर भारत पुर्‍याए। तर त्यहाँ बेहोस बनाएर मिर्गौला झिकेको उनले नेपाल आइपुग्दासम्म थाहै पाएनन्।

स्वास्थ्यमन्त्री पौडेलका एक वर्षः प्रचारमा रमाए, अवसर गुमाए

स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधारभन्दा प्रचारमुखी काममा व्यस्त हुँदा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अवसर मात्र गुमाएका छैनन्, नागरिकलाई सास्तीको निरन्तरतामै अल्झाएका छन्।

संसारमा ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गम बिन्दु नेपाल

विश्वका अन्य देशका ३६ जनामा देखिएको वंशाणुगत त्रुटिसम्बन्धी रोग नेपालका मात्र थप १४ जनामा देखिएको छ। यो रोग एउटै देशमा यति धेरै संख्यामा पत्ता लागेको पहिलोपटक हो।

राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको परिणामः ‘संकटको साथी’ रेडक्रस आफै संकटमा

विपद्‍मा नागरिकको सहारा बनेको नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा पुगेको छ, जसकारण वार्षिक ७ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता रोकिने जोखिम छ।

रगतमा रेडक्रसको लापरबाहीः एचआईभी सर्नेदेखि ज्यानै जानेसम्मको जोखिम

रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ।

दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण, नवीकरणका नाममा मनोमानी

वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।

दैलेखमा भेटिएको ग्यास के हो, कति सम्भव छ व्यावसायिक प्रयोग?

प्राकृतिक ग्यासको भण्डार त फेला पर्‍यो, तर उत्पादन परीक्षण नगरी कति ग्यास निस्कन्छ थाहा हुँदैन। परीक्षण शुरू गरेको तीन महिनामा व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

क्यान्सरलगायत जटिल राेगका औषधि दर्तामा सरकारकाे छेकबार, बिरामी नक्कली औषधिको फन्दामा

सरकारले नयाँ बनेका प्रभावकारी औषधि दर्ता नगर्दा बिरामी कालोबजारीमार्फत भित्र्याइएका औषधि प्रयोग गर्न बाध्य छन्। त्यस्ता कतिपय औषधि नक्कली र गुणस्तरहीन हुन्छन्।

बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै

सिन्धुलीको विकासमा बीपी राजमार्गको ठूलो भूमिका छ। यही राजमार्गका कारण खुर्कोट र मुलकोटजस्ता गाउँ साना शहरमा परिणत भए। तर बाढीपहिरोले सडक क्षतिग्रस्त हुँदा व्यवसायी र किसान चिन्तित छन्।

सुश्रीतालाई जीवन दिने अपरिचित मृतक

मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाउँछन्। मस्तिष्क मृत्यु कार्यक्रम सफल भए सुश्रीताजस्तै धेरैले जीवनदान पाउन सक्छन्।

स्वास्थ्यमन्त्रीको हतारोले निर्देशिका नै नबनाई खोप हस्तान्तरण, स्टोरमा थन्कियो

सिकलसेल एनिमिया र थालासेमियाका बिरामीलाई दिइने खोप भेरी अस्पतालको स्टोरमा थन्किएको छ। स्वास्थ्यमन्त्री नेपालगन्ज जाने भएपछि उनीबाटै हस्तान्तरण गर्ने हतारोले निर्देशिका नबनाई खोप पठाउँदा थन्किएको हो।