इमर्जेन्सीपछि प्रतिपक्षमा पुग्दा इन्दिरा गान्धीलाई कारबाही गर्न खोज्ने सरकारविरुद्ध प्रदर्शनहरूमा सहभागी भई ममता ‘नोटिस’ मा परेकी थिइन्। राजाले सत्ता हातमा लिएपछि भएको आन्दोलनमा गगन चम्किए।
वास्तवमा २०५१ साउन १२–१४ को कसरतमा पार्टीलाई फुटबाट त जोगाइयो तर प्राविधिकरूपमा मात्रै। ६ मन्त्रीलाई बर्खास्त गरेसँगै रोपिएको ठानिने विवाद झगडाको रूपमा कांग्रेसमा आजपर्यन्त कायम छ।
अस्ति भक्खर एमाले केन्द्रीय सदस्य उठेर हारेका वासुदेव घिमिरेले ‘नयाँ’को चोला धारण गरिसके। देश बिगार्नेबाट बनाउनेमा रूपान्तरण भइसके। उम्मेदवारी दर्ता गर्ने बेलासम्म अरू कति ‘गौरीशंकर पाण्डेहरू’ थपिने हुन्!
बालेन स्वयं भदौ २४ गतेको विध्वंशले हात पोलेकै पात्र हुन्। त्यो विध्वंशपछि केही दिन उनी पनि सामाजिक सञ्जालमा काफी आलोचित भए। उनलाई ‘लुसिफर’ भनेर खेदिएकै हो। तर माहोल परिवर्तन भइसकेको छ।
मतदातामा पुरानाहरू प्रति आक्रोश हेर्दा नयाँहरू मिलेर चुनावमा गए कम्तीमा आसन्न चुनावमा चाहिँ बिहारमा पीकेले पाएको भन्दा उल्टो नतिजा नयाँहरूको हात लाग्नसक्छ। धूल चटाइ पुरानाहरूको हुनसक्छ।
नीतीश कुमार पटक–पटक केन्द्रमा मन्त्री भई दुई दशकयता मुख्यमन्त्री छँदा पनि यतिविघ्न लोकप्रिय, फेरि यताका शीर्ष नेताहरूचाहिँ पार्टीकै बफादार मतदाता पनि दाह्रा किट्नेगरी अप्रिय किन?
प्रधानमन्त्रीले पत्रकारहरूसँग केदारभक्त माथेमासँग सल्लाह गर्ने गरेको भन्दिएपछि आईजीपी रेसमा रहेका एक जनाबाट गाउँको घरमै उब्जाएको दाल/गेडागुडीमा बायोडाटाको चिर्कटोमिश्रित पोको माथेमा सरकहाँ पुग्यो।
यो सरकारलाई ‘२०८४ सालमा हुनुपर्ने चुनाव २०८२ सालमै सम्पन्न गर्न बनाइएको’ भनिन्छ भने, जेन–जी आन्दोलनलाई ‘डिसमिस’ गरिनु हो। कलिला युवाहरूको रगतको अवमूल्यन हो।
र्यापरहरूलाई सामान्यतः बागी नै ठानिन्छ। अब बालेन शाह बागी नै हुन् त? सरकारको खरो आलोचकका रूपमा उनी बागी सुनिए पनि उनका कतिपय गुण बागीसँग मिल्दैनन्।
बालेनले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई चाहेका थिएनन् भन्ने त अलि अघि नै खुलासा भइसकेकै थियो, उनको टिमबाट बाहिरिएको पनि निक्कै भइसकेको थियो। तर उनी राजीनामा माग्दै आइहाल्लान् भन्ने थिएन, आए।
राजाको मतियार बनेर लोकतन्त्रविरुद्ध घात दोहोर्याउँदा पनि राजनीतिमा अझ शक्तिशाली भई पुनर्स्थापित हुनु देउवाको अद्भूत सफलता हो। २०७४ को चुनावमा वाम गठबन्धनसँग ‘धुल चटाइ’ भए पनि देउवा पुनः उभिने अवस्था बन्यो।
भदौ २४ गतेको लुटपाटको वास्तविक आँकडा त आएकै छैन। उदाहरणका लागि, हायात होटलको क्यासिनोबाटै त्यो दिन ५ करोड ४० लाख रुपैयाँ नगद लुटिएको वास्तविकता शायद रिपोर्टिङ भएकै छैन।
मन्त्रीहरूसँग समय छोटो भएकाले ‘ऋषि धमलाहरू’लाई घण्टौँ लामा अन्तर्वार्ता दिँदै हिँड्ने फुर्सद् हुनुहुँदैन। कसैलाई ‘भ्युज’ बटुल्दिने ‘कलेक्टर’ बनिरहन जरुरी छैन।
देउवा निवास मात्र होइन, हावामा नोट उडाइएको भिडियोका कारण तत्कालीन उर्जामन्त्री दीपक खड्का पनि चर्चामा रहे। ढिलोगरी निस्केको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली ती दुई ठाउँमै पुग्यो।
२०७४ सालको चुनावमा रेणु दाहाल थोरै भोटले हार्ने देखिएपछि रचिएको ‘मतपत्र च्यात्ने काण्ड’ हुँदा चितवन प्रहरी प्रमुख रहेका थापाको भूमिका शंकास्पद ठानियो, तैपनि एमालेको निशानामा परेनन्। बरु, प्रिय नै रहे।
सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्त सिंहलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।
अबिच्युरी
कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र!
एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।
किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।
भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ, यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्, यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल रोक्न लागिपरेका छन्।