AnonymousUser

Logout

‘ईपीएस’ कार्यालयको खेलाँचीले निम्त्याएको बालकुमारी घटना

अदालतले गरेको अन्तरिम आदेशलाई ईपीएस कार्यालयले अपव्याख्या गरी रिट हालेकाहरूलाई मात्र फर्म भर्न दिने र अन्यलाई नदिने भनेपछि विद्यार्थी आन्दोलित भएका थिए। त्यही कारण बालकुमारीमा दुई युवकले ज्यान गुमाए। 

प्रधानमन्त्रीको एकवर्षे कार्यकालः १८० कार्यक्रममा उपस्थिति

सचिवालयले निमन्त्रणा तथा जानकारीका लागि एक वर्षमा पठाएका सूचनाहरूको अध्ययनबाट विद्यालयका वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचनजस्ता मसिना कार्यक्रम पनि प्रधानमन्त्रीले नछुटाएको देखिन्छ।

‘घोल गाड्ने’ अपराधमा नेपालीः भारतमा ‘चौकीदार’को परिचय चोरमा बदलिँदै

पश्चिम नेपालको प्रमुख रोजगार गन्तव्य भारतमा नेपालीले सजिलै काम पाउने कारण उनीहरूले गरिदिने व्यक्तिगत सम्पत्तिको रखबारी पनि हो। केही नेपाली त्यहाँ चोरी–लुटपाटमा लागेकाले यो पहिचान नै संकटमा पर्दैछ।

द्रुतमार्ग सक्नुपर्ने मिति गुजारिसकेपछि सेनाको तर्क– ‘२०८३ मा पनि फास्ट ट्रयाक बन्दैन’ 

प्रधान सेनापति प्रभुराम शर्माले बुधबार संसदीय समितिमा भने– ‘यस्तै अवस्था र काम गराइले त २०८३ मा पनि फास्ट ट्रयाक बन्न सक्दैन। काठमाडौँदेखि निजगढसम्म गाडी चल्ने बनाउन सके पनि उपलब्धि मान्नुपर्छ।’ 

जेलबाट छुट्दाछुट्दै कांग्रेसमा ‘खाँण प्रभाव’को चर्चा

उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।

सुन तस्करीको ‘जालो तोड्ने’ प्रयत्न चल्दैगर्दा किन धमाधम बरामद हुनथाल्यो सुन?

चार दिनबीचमा अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौँका तीन ठाउँबाट बरामद २५ किलो तस्करीको सुनले तस्करहरू सक्रिय बनेको देखाउँछ। प्रहरी भन्छ– यसमा नेपाली भरियालाई प्रयोग गरेका भारतीय व्यापारी छन्।

रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’ पूर्व सुरक्षाकर्मी, ७ लाखसम्म लिएर पठाइन्थे नेपाली

उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।

संघ र प्रदेशबीच टकराब बढाइरहेको प्रहरी समायोजन, कहाँ छ चुरो?

राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्वमा रहेकाहरू नै आफूमा निहित अधिकार प्रदेशमा पठाए ‘प्रहरी कमजोर बन्ने’ बुझाइमा रहँदा प्रहरी समायोजनको विषय थप पेचिलो बनेको छ।

रक्षामन्त्री र अर्थमन्त्रीबीचको बेमेल बाहिरिँदै, मञ्च ‘शेयर’ गर्नसमेत अस्वीकार 

एक वर्ष अघिदेखि बढ्नथालेको बेमेल कार्यवाहक प्रधानमन्त्री बनेका खड्काले बिहीबार महतलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा भएको भनाभनको कारण सतहमै प्रकट हुनथालेको देखिन्छ।

ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा माओवादी नेता ल्हारक्याल लामाले निजी निवासका लागि हडपेको २ रोपनी १ आनासहित अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन स्थानीय सरकारले अग्रसरता देखाएको छ।

दुर्गा प्रसाईंका समर्थक नै भन्छन्– ‘व्यवस्था बदल्न होइन, नेतालाई सचेत बनाउन काठमाडौँ आयौँ’ 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरूले आफूहरू गणतन्त्र फाल्नुपर्ने पक्षमा नरहेको, गणतन्त्र हाँक्ने नेताहरूलाई भने सुध्रिनका लागि सचेत बनाउन आएको बताएका छन्।

निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको निषेधको आदेश संविधान र कानूनसँग अमिल्दो मात्र होइन, डरलाग्दोसमेत रहेको टिप्पणी भइरहेको छ। 

हवाई भाडामै राज्यकोषको २५ लाख खर्चेर राष्ट्रपतिले गरेको जाजरकोट–रुकुम ‘अवलोकन’ 

राष्ट्रपति पौडेलले केही घण्टा भूकम्पप्रभावित क्षेत्रमा बिताउँदा हवाई भाडामा मात्र राज्यकोषबाट २५ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्रीलगायतका उच्चपदस्थहरूले गरेको अवलोकन भ्रमणको त लेखाजोखा नै छैन।

१६ वर्षपछि फैसलाको चरणमा रौतहट बमकाण्डको मुद्दाः फैसलाअघि नै किन उत्साहित छन् आलम समर्थक?

रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालतमा मंगलबार र बुधबार बहस चलिरहँदा समर्थकले राजपुरमा उनी छुट्ने भन्दै पटका पड्काएर खुसियाली मनाएका थिए।

भूकम्पले तहसनहस क्षेत्रमा प्रधानमन्त्री र नेताहरूको दौडाहा: घाइतेको उद्धार र उपचार प्रभावित

शुक्रबार रातिको भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम पुगेर प्रधानमन्त्रीदेखि नेताहरूले के योगदान भन्ने त प्रष्ट छैन, सुरक्षा र स्वास्थ्य अधिकारीहरूले भने उद्धार, उपचार प्रभावित भएको गुनासो गरेका छन्।

सत्ताको नेतृत्वमा बसेर सडक संघर्षको घोषणाः आफैँप्रति अविश्वास कि विपक्षीको डर?

लोकतन्त्रमा सरकारको कामप्रति चित्त नबुझे प्रतिपक्षी दलहरूले सदनमा आवाज उठाउने र सडक संघर्ष गर्ने गर्छन्। तर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने सडकमा ‘जनपरिचालन’ कार्यक्रम ल्याएको छ।

सर्वोच्चले भन्यो– ‘माफी दिने अधिकार स्वेच्छाचारी रूपमा प्रयोग गर्न पाइँदैन’ [आदेशको पूर्णपाठ]

सर्वोच्चको परमादेशलगत्तै प्रहरीले ढकाललाई नेपालगन्जबाट पक्राउ गरिसकेको छ। अब अदालतको आदेशानुसार ढकालले ११ वर्ष, ११ महिना, पाँच दिन बाँकी कैद भुक्तान गर्नुपर्ने छ। 

चार वटा कानून दिएर झन्डै वर्षदिन गुजार्दै संघीय संसद्

निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ९ महिना पुगिसकेको छ। तर संसद्ले जम्माजम्मी चार वटा मात्र कानून बनाएर यो अवधि गुजारेको छ। 

बुढानीलकण्ठको २ रोपनी सरकारी जग्गा हडपेर ल्हारक्याल लामाले बनाए निजी महल

कांग्रेस, एमाले हुँदै पछिल्लो समय माओवादीको छत्रछाया पाएका ल्हारक्याल लामा जोडिएका थुप्रै काण्ड छन्। त्यही छत्रछायाको आडमा उनले बुढानीलकण्ठमा २ रोपनी १ आना सरकारी जग्गा कब्जा गरेर महल बनाएका छन्।

सुन छुटाउन पहल गरेका माओवादी नेता महरालाई उन्मुक्ति, छोरा राहुलसहित चारजनाविरूद्ध मुद्दा

तस्करीको सुन छुटाउन पूर्वसभामुख महराका बाबुछोरा दुवैले समान भूमिका निर्वाह गरेको प्रहरीकै अनुसन्धान प्रतिवेदनले छर्लङ्ग पार्छ। तर बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र मुद्दामा प्रतिवादी बनाइएको छ।