AnonymousUser

Logout

आफ्नै नजिर बेवास्ताः चोलेन्द्र सम्मिलित इजलासको फैसला ‘अन्तिम’ भएन

तत्कालीन प्रधानन्यायाधीश चालेन्द्रशमशेर समेत सम्मिलित इजलासले आफैले कायम गरेको नजिर विपरीत जुद्ध म्याच फ्याक्ट्रीको जग्गा लिलामी सदर गरेपछि जेठो सलाई उद्योगको अस्तित्व नै नामेट हुने अवस्था आएको थियो।

आईजीपीको रूखो शैलीः अपराधको दोष नागरिकमाथि

जेन–जी आन्दोलनका बेला कतिपय ठाउँमा कर्तव्य छाडेर भाग्नुपर्ने अवस्थामा पुगेको प्रहरीको मनोबल उकास्ने योजना ल्याउनुको सट्टा आईजीपी दानबहादुर कार्की उल्टै नागरिकको विश्वास बिथोल्ने अभिव्यक्ति दिइरहेका छन्।

हवाई दुर्घटनाको फौजदारी अनुसन्धानमा सरकार अनिच्छुक

नियामक निकाय, वायुसेवा कम्पनी वा कर्मचारीको लापरबाहीबाट दुर्घटना भएको प्रमाणित भए फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने बन्दोबस्त मिलाउन संसदीय समितिले सरकारलाई दिएको निर्देशन अलपत्र परेको छ।

‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली

विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।

महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णयः नाबालिग बलात्कारका अभियुक्तविरुद्ध पुनरावेदन नगर्ने

भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्।

सुरक्षाकर्मीलाई ‘घरदास’ बनाएको मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्नुअघि दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्च अदालतले पुस ४ गतेलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

गोपनीयता खोल्ने सैनिक अधिकृतहरूविरुद्ध १० करोडको क्षतिपूर्ति मुद्दा, ४ महिनासम्म भएन सुनुवाइ

सैनिक अदालतले आफ्नै सदस्य जोडिएको ‘अनैतिक यौनसम्बन्ध’को मुद्दामा गैरसैनिक महिलाको पहिचान छताछुल्ल पारिदिएपछि उनले सैनिक अधिकृतहरूविरुद्ध दायर गरेको १० करोड क्षतिपूर्ति भराउने मुद्दा चार महिनासम्म सुनुवाइमा चढेको छैन।

सुरक्षाकर्मीलाई ‘घरदास’बाट मुक्त गराउन सर्वोच्चमा रिट

नेपाली सेनाका अवकाशप्राप्त र कार्यरत उच्चपदस्थले ब्यारेकमा बस्नुपर्ने सैनिकलाई घरेलु काममा लगाउने गरेको समाचार उकालोले प्रकाशित गरेको थियो।

सेनामा ‘घरदास’ प्रथा

मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।

संवैधानिक निकाय नै लगाउँछ व्यक्ति छानेर मुद्दा

अनुसन्धान र अभियोजन दुवै अधिकार भएको अख्तियारले अधिकार दुरुपयोग गर्दा वास्तविक दोषीले उन्मुक्ति मात्र पाइरहेका छैनन्, कतिपय निर्दोषले ज्यानसमेत फालिरहेका छन्। तर किन दोहोरिइरहन्छ उही कमजोरी?

नाबालिग बलात्कारका ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी

नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो?

उपत्यका प्रहरी कार्यालयबाट थुनुवा छोड्न, आफूसँग भएका हतियार, सञ्चार सेट र गाडी सुरक्षित राखेर आफूसमेत सुरक्षित हुन रेडियो सेटबाट आदेश आएको केही घन्टामै प्रहरीले स्वचालित हतियारसमेत जोगाउन सकेन।