AnonymousUser

Logout

चिकित्सा शिक्षा र सीटीईभीटीसम्बन्धी अध्ययन गर्न गठित उपसमितिको कार्यावधि थप

संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।

महँगी बढ्यो, बाह्य क्षेत्र बलियो

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।

इनरुवा सबस्टेसन निर्माण, कोशी प्रदेशमा उत्पादित विद्युत् निर्यात सहज हुने

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।

एनआरएनएको विश्व सम्मेलन शुरू, नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान

सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ। 

इजरायलबाट थप १९ जना नेपालीको उद्धार, दिल्ली हुँदै नेपाल आउने

हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना न्यून, अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाँदै

गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।

मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहको पद रिक्त 

नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।

चाडपर्वलक्षित सुरक्षा योजना: तालिमप्राप्त कुकुर र ड्रोनबाट समेत निगरानी

तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीको अनुरोध छ।

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।

कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

बेमौसमी वर्षाले धानबालीमा क्षति

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।

रुसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध

जापानले सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ। 

देशका विभिन्न स्थानमा वर्षा तथा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

विश्वकपमा क्रिकेट: अस्ट्रेलियाको पहिलो जित, श्रीलंकाको लगातार हार

अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो। 

कोशीमा कांग्रेसका एक जनालाई मन्त्री बनाउने भनेको एमालेका पनि थपिएछन् : प्रधानमन्त्री

देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।

नोट

नयाँ नोट साट्ने घुइँचो

दशैँतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारबाट नयाँ नोट सटही शुरू गरेको छ। यसपालि राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीमित शाखाहरूबाट मात्रै नयाँ नोट बाँड्ने व्यवस्था मिलाएको छ। अघिल्ला वर्षहरूमा विकास बैंक र फाइनान्स कम्पनीका साथै बैंकका हरेक शाखाहरूबाट वितरण हुने गर्थ्यो। नयाँ नोट सटही शुरू गरेपछि बैंकहरूमा सर्वसाधारणहरूको घुइँचो लागेको छ।

चक्रपथको दोस्रो खण्ड विस्तारको काम एक वर्षपछि शुरू हुने

चिनियाँले काम शुरू गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा. जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए।

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण 

ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ।

कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।