AnonymousUser

Logout

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना न्यून, अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाँदै

गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।

मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहको पद रिक्त 

नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।

चाडपर्वलक्षित सुरक्षा योजना: तालिमप्राप्त कुकुर र ड्रोनबाट समेत निगरानी

तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीको अनुरोध छ।

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।

कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

बेमौसमी वर्षाले धानबालीमा क्षति

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।

रुसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध

जापानले सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ। 

देशका विभिन्न स्थानमा वर्षा तथा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

विश्वकपमा क्रिकेट: अस्ट्रेलियाको पहिलो जित, श्रीलंकाको लगातार हार

अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो। 

कोशीमा कांग्रेसका एक जनालाई मन्त्री बनाउने भनेको एमालेका पनि थपिएछन् : प्रधानमन्त्री

देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।

नोट

नयाँ नोट साट्ने घुइँचो

दशैँतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारबाट नयाँ नोट सटही शुरू गरेको छ। यसपालि राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीमित शाखाहरूबाट मात्रै नयाँ नोट बाँड्ने व्यवस्था मिलाएको छ। अघिल्ला वर्षहरूमा विकास बैंक र फाइनान्स कम्पनीका साथै बैंकका हरेक शाखाहरूबाट वितरण हुने गर्थ्यो। नयाँ नोट सटही शुरू गरेपछि बैंकहरूमा सर्वसाधारणहरूको घुइँचो लागेको छ।

चक्रपथको दोस्रो खण्ड विस्तारको काम एक वर्षपछि शुरू हुने

चिनियाँले काम शुरू गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा. जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए।

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण 

ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ।

कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।

काठमाडौँ उपत्यकाबाट ३ दिनमा बाहिरिए एक लाख ५० हजार यात्रु

दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। अहिले गोँगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भीड लागेको छ।

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।

प्रधानमन्त्री भन्छन्– लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।

दूध किसानको बक्यौता भुक्तानी गर्न दुग्ध संस्थाहरूलाई कृषिमन्त्रीको निर्देशन

मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए।

नेप्से दोहोरो अंकले घटेर १८५१ विन्दुमा सीमित

सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।