बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा आंशिक बदली हुने छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्नेछ।
बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित 'नेपाल आमाको जय' अंकित टी-सर्ट र फेटा गुथ्दै चर्का राष्ट्रवादका भजन गाइरहेछन् एकथरि मान्छे।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्किनुपर्ने समितिले जनाएको छ।
पर्व
नेपाल संवत्को नयाँ वर्ष ११४४ मंगलबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ। नेपाल संवद् चान्द्रमासअनुसार प्रचलनमा रहेको छ। नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको थियो। नेवार समुदायको बाक्लो वस्ती रहेको बलम्बुको लाछीटोलमा स्थानीयहरू भेला भएर ‘भिन्तुना र्याली’सहित शुभकामना आदानप्रदान गरेका थिए। विभिन्न गाजाबाजासहित मौलिक पोसाकमा देखिएका स्थानीयको भीडले नगर भरिएको थियो। बालबालिकादेखि ज्येष्ठ सदस्यसमेत यस उल्लासमा सरिक देखिन्थे। तस्वीरहरू: किसन पाण्डे/उकालो।
दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।
बुधबार देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्।
प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट मंगलबार चार लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका छन्।
म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ।
मंगलबार बिहान जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रधानमन्त्रीले दाहालले नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने भ्रम रहेको र यसलाई चिर्न आवश्यक रहेको बताए।
भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्।
नेपाल संवत् ११४४ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन्।
शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरूआत गरेका थिए। नेपाल देशको नामबाट राखिएकाले यसलाई मौलिक संवत् पनि भनिन्छ।
कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।