AnonymousUser

Logout

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

 दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्रिविको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

त्रिविले वार्षिक परीक्षा प्रणालीका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ।

प्रतिकूल मौसमका कारण मन्थलीमा रोकिए २०० विदेशी पर्यटक

विगत तीन दिनदेखि सोलखुम्बुको लुक्लामा मौसम प्रतिकूल बन्दा रामेछापको मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्।

युक्रेनी ऊर्जा केन्द्रलक्षित रुसी आक्रमणमा १ जनाको मृत्यु, विद्युत् आपूर्ति प्रभावित

युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई लक्षित गरेर रातारात ९९ वटा मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।

सर्वोच्चबाट टेकबहादुर गुरुङको सांसद पद निलम्बन बदर

सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ।

नेतृत्व विकाससाथै वित्तीय क्षेत्रमा महिलाको सहभागितामा जोड

सरोकारवालाले सरकारले महिलाका क्षेत्रमा लगानी बढाउनुपर्ने, अहिलेदेखि नै उनीहरूको आर्थिक पाटोमा काम गर्न नसके समानता हासिल गर्न १६९ वर्ष लाग्ने ‍औँल्याए।

पुस्तकमा प्रयोग भएको मानव छालाको गाता हटायो हार्वर्ड विश्वविद्यालयले

हार्वर्ड विश्वविद्यालयले आफ्नो पुस्तकालयमा राखिएको १९ औँ शताब्दीको एक पुस्तकबाट मानव छालाको गाता हटाएको छ।

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्ति पार्टी अध्यक्षको निर्देशन

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।

अर्थ मन्त्रालयले गठन गर्‍यो बजेट लेखन समिति

आगामी आर्थिक वर्षको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो। 

राजस्व छलेर ल्याइका गाडी ड्राइभिङ सेन्टरमा प्रयोग, ३ जना पक्राउ

भारतबाट गाडी तथा मोटरसाइकल अवैध रूपमा नेपालमा ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचक पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको बताएका छन्।

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिएका छन्।

लोकेशले शतक प्रहार गरेको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग पराजित

टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ।

जथाभाबी फोहोर फाल्नेबाट वीरगन्ज महानगरले उठायो २७ लाख

जरिबानाको नियम लागू भएयता ९०० जना कारबाहीमा परिसकेका छन्, जसबाट वीरगन्ज महानगरले २७ लाख जरिबानाबापत राजस्व संकलन गरिसकेको छ।

दर्जनभन्दा बढी कानून ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने सरकारको तयारी

सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा पनि वैदेशिक लगानी ल्याउन कानूनी रूपमा असहजता देखिएको बारेमा छलफल भएको भन्दै ‘फास्ट ट्र्याक’बाट कानून संशोधन गर्ने तयारी गरिरहेको बताइन्।

चितवनमा ७०० भन्दा बढी बैंकिङ कसुरका उजुरी

बैंकिङ कसुर शाखामा परेका उजुरीमध्ये २० प्रतिशतमा आपसी मेलमिलाप भएको शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीले बताए।

कपनबाट पेस्तोलसहित एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दी तथा समाजमा भय त्रास सिर्जना गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

चैते झरीले बाटो हिलाम्मे, ३० मिनेटको दूरी पार गर्न ३ घण्टा

मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताए।

प्रतितोला दुई हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

दुर्गा प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन 

समितिलाई दुर्गाप्रसाद प्रसाईंले झापा प्रशासनबाट हतियार राख्न लिएको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ।