कैलालीका विभिन्न गाउँका किसान व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। यस खेतीबाट लगानीको तीन गुणासम्म आम्दानी लिन सकिने उनीहरूको भनाइ छ।
सहकारी विभागका अनुसार नेपालमा सहकारीको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्य छन्।
राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। एक मात्र जितविहीन टोली मुम्बई तालिकाको पुछारमा छ।
कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो।
वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्।
इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।
पुरानो निर्णय र सर्वोच्च अदालतको आदेशको अवज्ञा हुने गरी फेवा किनारमा वसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने निर्णयबाट पोखरा महानगर पछि हटेको छ।
नेपाल ‘ए’ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ निर्माणमा सडक पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गरिन्।
सोमबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।
संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।
मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। भारतपछि चिनियाँ पर्यटकको संख्या धेरै छ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ।
नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।
सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भई एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
उनीहरूले बेपत्ता भएकाहरूको खोजी गरी उद्धार गर्न, युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचार तथा राहतको मागसहित प्रदर्शन गरेका छन्।
यो उपकरणले आवाज नक्कल गर्नुका साथै त्यसलाई भावनात्मक र यथार्थपरक पनि बनाउन सक्ने बताइएको छ।