AnonymousUser

Logout

बाजुरामा शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक

हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र शुरू हुनु एक महिना पहिले नै पाठ्यपुस्तक पाएका हुन्।

नदी सफाइ स्वर्णिम योजना: ५ महिनामा २ हजार २४८ मेट्रिक टन फोहोर संकलन 

आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ। 

महालेखा परीक्षकमा तोयम राया सिफारिस

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

शनिबार राति इटहरी रंगशालामा सम्पन्न फाइनलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

मनकामना जाँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

उकालो बाटोमा चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बागमतीमा एमालेका जगन्नाथ थपलिया बने आर्थिक मामिलामन्त्री

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन्।

गृहमन्त्रीमाथि संसदीय छानबिन पूर्वाग्रहबाट प्रेरित : एमाले प्रमुख सचेतक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपतिको घरमा छापा

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल ‘ए’सँगको टी२० श्रृंखला 

आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल ‘ए’सँगको टी२० श्रृंखला जितेको छ।

नागरिकता बिक्री प्रकरण: २ अधिकृत पुर्पक्षका लागि थुनामा

विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा लागेका दुई अधिकृतसहित तीन जनालाई काभ्रेपलान्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

६ महिनामै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो।

त्रिशूली दुर्घटना: छोराको अन्त्येष्टि गरेर फर्किँदै थिइन् हरिमाया

गोरखा नगरपालिका– ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर घर फर्किँदै थिए।  

हेमन्त खतिवडाको हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ बजारमा

पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ। 

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ। अन्य सात जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ।

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

पूर्वी नाकाबाट घट्यो पेट्रोलियम पदार्थको आयात

काँकडभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ। 

आईपीएल: बैंग्लोरको दोस्रो हार, कोलकाता दोस्रो स्थानमा

शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग घरेलु टोली बैंग्लोर ७ विकेटले पराजित भएको छ।