बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।
अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङ निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दुरी छोटिने छ।
गत फागुन १० गते भिजिट भिसामा चीन पुर्याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको र यसले जोखिम निम्त्याउने सम्भावना बढेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।
पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ।
लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
मनसुन भित्रिएपछि कूल १४७ विपद्का घटना भएको र ती घटना परेर २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
पूर्वी खण्डमा डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ। तनहुँको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणाधीन छ।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलमा शुरू भएको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो।
गण्डकी र कर्णालीका थोरै तथा कोशी, बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पहिरोबाट आठ जना, चट्याङबाट पाँच जना र बाढीबाट एक जनाको मृत्यु भएको छ।
सन् १९९५ मा पनि यस्तै घटना बाहिरिएपछि जापानमा अमेरिकी सेनालाई फिर्ता पठाउन माग गर्दै महिनौँसम्म आन्दोलन चर्केको थियो।
ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ।
अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि ती पास खारेज गरेर क्यूआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने गृह मन्त्रालयले जनाएको छ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ।
अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ।