AnonymousUser

Logout

बागलुङमा दम्पती घरसहित पहिरोमा पुरिए

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङखण्ड पनि अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।

कोस्टारिकालाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको क्वार्टफाइनलमा 

अमेरिकाको स्टेट फार्म स्टेडियममा भएको खेलमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ। 

देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको सम्भावना

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ।

अपांगता भएका व्यक्तिका लागि विपद्सम्बन्धी ‘ई–लर्निङ’ पाठ्यक्रम

यस अध्ययन सामग्रीले अपांगता भएका नागरिकलाई पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनाका लागि सचेत बनाउन सहयोग गर्ने प्राधिकरणले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बाैद्धबाट पक्राउ परेका छन्।

निगमको वाइडबडी विमानले ‘सी–चेक’  पायो

क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन।

वर्षाका कारण काठमाडाैँको फोहोर व्यवस्थापनमा समस्या नहुने

काठमाडौँ महानगरपालिकाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

अध्यक्ष सिफारिस गर्नका लागि गठन भएको समितिको शुक्रबार बसेको बैठकले हालसम्म भएका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गर्ने निर्णय गरेको हो।

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड युरो प्रदान

युरोपियन युनियनले रूस–युक्रेन द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ।

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ।

पेरुमा ७.२ म्याग्नीच्युडको भूकम्प, तटीय क्षेत्रमा सामुन्द्रिक छाल बढ्ने खतरा  

भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्। 

कालिकोटको रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।

राष्ट्रपतीय निर्वाचनअघि बाइडेन र ट्रम्पबीच पहिलो बहस

ट्रम्प र बाइडेनले आफ्नो प्रारम्भिक कुराकानीमा अर्थतन्त्रको बारेमा बहस गरे। उनीहरूले मुद्रास्फीति, रोजगारी र कर नीतिमा एक–अर्कालाई आक्रमण गरेका थिए।

काठमाडौँको सीतापाइलामा कार दुर्घटना, चालकको मृत्यु

कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।

कोपा अमेरिका: उरुग्वे र पानामाको जित

समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।  

टी२० विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्ने 

बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने

मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ।

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

गृह मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा र सामाजिक सुरक्षा कोषसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

देशभर झन्डै १० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा

'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१‍औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।