नेपालले एएफसी महिला एशिया कप छनोटमा लाओसलाई ९-० ले पराजित गर्दा कप्तान सावित्रा भण्डारी 'साम्बा'ले एक्लै चार गोल गरिन्।
नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो सार्ने काममा ढिलाइ हुने भएको छ।
१० वर्ष अघिसम्म झापाको बेलडाँगी शरणार्थी शिविरका बासिन्दा थिए– लोकनाथ आचार्य। उनलाई सिलिगुढी हुँदै भुटान लगिएको प्रमाण सामुमा छ। तर, आज उनी जीवित छन् कि छैनन्, थाहापत्तो छैन।
ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा उक्लिएको छ।
पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रूपमा क्षति पुर्याएको छ।
भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए।
नेपालले प्रसिद्ध जैसीको शतकमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको हो। जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले।
कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका १५ पुस्तक छानेको हो।
२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
सोमबारसम्म भारी वर्षाले नदीनालामा पानीको सतह बढ्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र डुबान क्षेत्र तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ।
प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।
विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था पनि राखिएको छ।